

लुम्बिनी प्रदेशमा चैत १२ गते सार्वजनिक बिदा



लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार चैत १२ गते चैते दशै (शुक्ल अष्टमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले चैत ९ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिनुभएको हो । प्रदेश राजपत्र भाग ३, खण्ड ६, संख्या १४ मा प्रकाशित सूचनाअनुसार उक्त दिन बिदा दिने निर्णय भएको जनाइएको छ । यस सम्बन्धमा मन्त्रालयले सरोकारवाला सबैलाई जानकारी गराएको छ ।
मन्त्रालयका कानुन अधिकृत भण्डारीद्वारा हस्ताक्षरित सूचनामा बिदासम्बन्धी निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया