

लुम्बिनी प्रदेशमा चैत १२ गते सार्वजनिक बिदा



लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचनाअनुसार चैत १२ गते चैते दशै (शुक्ल अष्टमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले चैत ९ गते सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिनुभएको हो । प्रदेश राजपत्र भाग ३, खण्ड ६, संख्या १४ मा प्रकाशित सूचनाअनुसार उक्त दिन बिदा दिने निर्णय भएको जनाइएको छ । यस सम्बन्धमा मन्त्रालयले सरोकारवाला सबैलाई जानकारी गराएको छ ।
मन्त्रालयका कानुन अधिकृत भण्डारीद्वारा हस्ताक्षरित सूचनामा बिदासम्बन्धी निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।


खबर सबै
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक






प्रतिक्रिया