

लुम्बिनी पिस म्याराथन : पुरुषतर्फ आर्मीका रोकाया र महिलातर्फ न्यौपानेलाई उपाधि


लुम्बिनीमा आयोजित शान्ति म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका विनोद रोकायाले हात पारेका छन् । उनले ४२ किलोमिटरको दूरी २ घन्टा १७ मिनेट ५५ सेकेन्डमा पूरा गरी उपाधि हात पारेका हुन् ।
नेपाल ओलम्पिक कमिटीको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, नेपालस्थित चिनियाँ दूतावास र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा प्रतियोगिताको गरिएकाे थियाे ।
प्रतियोगितामा आर्मी क्लबकै शुशील कुमार शाहीले २ घन्टा १८ मिनेट १६ सेकेन्डमा दौड पूरा गरी दाेस्राे स्थान हात पारेका छन् । तेस्रो स्थान आर्मीका धावक नरेन्द्र सिंह राउतले प्राप्त गरेका छन् ।
प्रतियोगितामा चिनियाँ धावक वाङ चीले २ घन्टा २१ मिनेट ५ सेकेन्डमा दौड पूरा गरी चौथो स्थान प्राप्त गरे ।
२१ किलोमिटर हाफ म्याराथनमा त्रिभुवन आर्मीकी पुर्ण लक्ष्मी न्यौपानेले १ घन्टा १७ मिनेट १० सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान हात पारेकी छन् ।
दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १ घन्टा १८ मिनेट ४० सेकेन्ड र तेस्रो स्थान हासिल गरेकी आर्मीकी निशा सार्कीले १ घन्टा १९ मिनेट १९ सेकेन्डमा दौड पूरा गरिन् ।
प्रतियोगिताका प्रथम हुनेलाई ३ लाख ५० हजार, दोस्रो हुनेलाई २ लाख ५० हजार र तेस्रो हुनेलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया