

वर्षाले हिलाम्य भएपछि दाउन्ने सडक अवरुद्ध



बुटवल-नारायणगढ सडक खण्ड अन्तरगत दाउन्नेमा गयरातीदेखि सडक अवरुद्ध भएको छ । वर्षासँगै सडक हिलाम्य भएपछि सवारीका साधनहरु उकालो चढ्न नसक्दा बीच बाटोमै रोकिएर सडक अवरुद्ध भएको हो ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार वर्षाले सडक चिप्लो भएपछि अवरुद्ध भएको हो । घाम लागेर वा सडक केही सुख्खा भएर सामान्य अवस्थामा नआउँदासम्म सुचारु हुन समस्या हुने देखिएको छ । सडक अवरुद्ध भएपछि सयौँ यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् ।
शुक्रबारदेखिनै नेपालको मौसममा परिवर्तन आएपछि दाउन्ने क्षेत्रमा तीन दिनका लागि रातको समयमा ठूला मालबाहक सवारीलाई सञ्चालनमा रोक लगाइएको थियो । सडक बिस्तारको काम भैरहेको यस क्षेत्रमा वर्षात तथा सीतलहरको समयमा सडक चिप्लो भएर पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
सडक आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने-बर्दघाट खण्डमा सवारी रोक्ने निर्णय गरेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया