

हावाहुरीको जोखिमबाट कसरी बच्ने ?



राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा ठूलो हावाहुरी तथा वर्षा हुने बताएको छ । आज पश्चिम नेपालका सुदूरपश्चिम र कर्णालीमा तथा भोलि पूर्वी नेपालका भूभागमा हावाहुरी र वर्षाको सम्भावना भएकाले विशेष काम नपरी यात्रामा ननिस्कन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणले हावाहुरीको जोखिमबाट जोगिन विभिन्न उपाय अपनाउन सकिने बताएको छ ।
प्राधिकरणका अनुसार यी हुन् हावाहुरीको जोखिमबाट जोगिने उपाय :–
१. हावाहुरीको क्षतिबाट बच्न घरको संरचना बलियो बनाउने ।
२. फुसको छानालाई ग्याबियन तारले राम्ररी कसेर बाँध्ने ।
३. घर बनाउँदा नै हावाहुरीप्रतिरोधी छानाको निर्माणमा ध्यान दिने ।
४. जस्तापाताको छानालाई ‘जे हुक’ले कसेर बाँध्ने ।
५. घरको छतमा गमला, इँटाजस्ता सामग्रीलाई खुला नराख्ने, फलामको रेलिङ वा नझर्ने गरी व्यवस्थित तरिकाले मात्र राख्ने ।
६. हावाहुरी चलेको बेला घरबाहिर नजाने ।
७. हावाहुरी चलेको समयमा झ्यालढोका बन्द गरेर घरभित्रै सुरक्षित बस्ने ।
८. यात्रा गर्दा, गाडी, मोटरसाइकल, साइकल चलाइरहेको बेला हावाहुरी चले सुरक्षित स्थानको खोजी गरेर बस्ने ।
९. बजार तथा भीडभाडमा भएको बेला हावाहुरी चले भागदौड नगर्ने, विस्तारै सुरक्षित स्थानमा गएर बस्ने ।
१०. खुला ठाउँमा भएको बेला ठूलो हावाहुरी चले थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो परेर बस्ने ।
११. हावाहुरी चल्दा रुखमुनि र कमजोर भौतिक संरचना भएको स्थानमा नबस्ने ।
१२. हावाहुरीको समयमा खुला ठाउँमा आगो नबाल्ने ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया