

निशुल्क क्षयरोग परिक्षण शिविरमा २ सय जनाले लिए सेवा



सागर बेल्बासे, कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ का २०० जना सेवाग्राहीले निशुल्क क्षयरोग परिक्षण सेवा पाएका छन।वडा नम्बर १ को उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा राखिएको शिविरमा २०० जना सेवाग्राही मध्ये १९४ जनाको छातिको एक्स्रे गर्दा ६० जना सेवाग्राहीको खकार ल्याब परिक्षणका लागि संकलन गरिएको स्वास्थ्य सेवा केन्द्र प्रमुख ईश्वरा खरेलले जानकारी गराउनुभएको छ। बिराट नेपाल मेडिकल ट्रस्टको प्राविधिक सहयोग मा गरिएको शिविर मा पिपरा अस्पताल का डाक्टर संजोग शिवाकोटी ज्यु सहितको सहयोग बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखा बाट लिइएको ट्रस्ट कि फोकल प्रसन DPC प्रकृति भण्डारीले जानकारी गराउनुभएको छ

।बाणगङ्गा नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउन बिगत ४ बर्सदेखी निरन्तर शिबिर संचालन गरिरहेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभएको छ।यश बर्स पनि आजसम्म नगरका ८ वटा बडामा शिबिर सप्पन्न भैसकेको र अब बाँकी २,४ र ११ नम्बर वडा मा पनि क्रमश गरिने पौडेलले जानकारी गराउनुभएको छ।आज भएको कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य अधिकृत भक्ती पाण्डेले गर्नुभएको थियो। वडाका कार्यवाहक अध्यक्ष लक्ष्मी बहादुर खत्री,ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासे,स्वास्थ्य सेवा केन्द्रका कार्यालय प्रमुख इस्वरा खरेल,मेनका घिमिरे ,भगवती थापा ,वडाका स्वास्थ्य स्वयंसेविका लगायत को उपस्थितिमा भएको शिविरमा वडाका उल्लेख्य जेष्ठ नागरिक हरु सहित आम सर्वसाधारण ले आफ्नै गाउँ टोलमा निशुल्क एक्सरे सहितको स्वास्थ्य जाँच गर्न पाउँदा सहभागीहरुले खुसी ब्यक्त गरेको ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासेले जानकारी दिनुभएको छ।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया