

दुई दिन यात्रामा ननिस्कन सरकारको अनुरोध ! के हुँदै छ त्यस्तो ?



सरकारले दुई दिन अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन अनुरोध गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो अनुरोध गरेको हो।
‘चैत ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ। तसर्थ काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारीसाधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भीडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ’, प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तारमुनि नबस्न, बिजुलीको तार लत्रिएको छ भने नछुन, सो समयमा विद्युतीय उपकरण नचलाउन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि प्राधिकरणले आग्रह गरेको छ।
यस्तो छ शुक्रबार र शनिबारको मौसम
शुक्रबार
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली एकदुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
राति : देशभर अधिकांश बादल लाग्नेछ। कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशको धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ र असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।
शनिबार
दिउँसो : देशभर अधिकांश बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।
राति : देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको पहाडी र हिमाली थोरै स्थानमा तथा मधेश प्रदेशलगायत देशको बाँकी पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित मध्यम वर्षा/हिमपातको सम्भावना छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया