

नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते, अस्थायी हल निर्माणको काम अन्तिम चरणमा



नवनिर्वाचित सांसदहरूको शपथका लागि अस्थायी हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ।
सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले अस्थायी हल बनाएर कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो। शपथ कार्यक्रमका लागि हलमा माइक र बत्ती जडान लगायतका काम धमाधम भइरहेको छ।
जेनजी आन्दोलनका क्रममा पुरानो संसद् भवनमा आगलागी भएपछि वैकल्पिक स्थानको आवश्यकता परेको हो।
सोहीअनुसार सिंहदरबारमा निर्माणाधीन भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गरिएको छ। उक्त हल केही दिनभित्रै पूर्ण रूपमा तयार हुने अपेक्षा गरिएको प्रवक्ता गिरीले जानकारी दिए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया