

सांसदहरुलाई रास्वपाको अभिमुखीकरण, २८ खर्ब पुग्यो सरकारी ऋण ! अरु के-के भयो दिनभर ?





साझाकुरा । आज मिति २०८२ साल चौत्र ३ गते मंगलबार देशभर विभिन्न घटनाक्रमहरुसहितको समाचार संक्षप यहाँ प्रस्तुत गरिएको छ ।
https://www.youtube.com/watch?v=tpjKcpHGwiw
रास्वपाका दुई उपसभापतिले घण्टी बजाएर गरे सांसद अभिमुखीकरणको उद्घाटन
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)को नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ। ग्वार्कोको होटल रोयल दुलिपमा जारी कार्यक्रममा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षणको उद्घाटन गरेका हुन्। पार्टी प्रवक्ता मनिष झाका अनुसार अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ।
सांसदहरूलाई स्वर्णिमले भने– हाम्रै एकल सरकार भए पनि औँलो ठड्याउनुपर्छ
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले पार्टीको एकल सरकार बनेपनि गलत कदम भए प्रश्न उठाउनुपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै सरकारले बाटो बिराउन खोजे बोल्नुपर्ने बताए । उनले भने, …हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ । खबरदारी गर्नुपर्छ ।Ú आ–आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दालाई बुलन्द ढङ्गले उठाउनुपर्ने बताए । नीति बहस, विकास निर्माण, सामाजिक, आर्थिक मुद्दालगायतमा ध्यान दिनुपर्ने स्वर्णिमको भनाइ छ ।

सांसदको शपथपछि बालेन संसदीय दलको नेता, त्यसपछि सरकार गठन : कविन्द्र बुर्लाकोटी
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूको शपथपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन्। पार्टीका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसदको शपथपछिको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्ने बताए।उनले भने,…सांसदको शपथपछि मात्र प्रधानमन्त्री चयन प्रक्रिया बढाउँछौँ। सांसदहरूको शपथ लगत्तै बस्ने दलको बैठकले संसदीय दलको नेता चयन गर्छ।Ú रास्वपाले दलको बैठकबाट वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्दै छन्। बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिएको रास्वपाले दुई तिहाइ नजिक १८२ सीट जितेको छ। शपथअघि रास्वपाले सांसदहरूलाई दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ।

सभापति र वरिष्ठ नेतालाई सम्भव भएसम्म भोलि उपस्थित गराउँछौँ : डीपी अर्याल
रास्वपाका उपसभापति डीपी अर्यालले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह कार्यव्यस्तताको कारणले पार्टीको अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन नसकेको बताएका छन्। अभिमुखीकरण उद्घाटनपछि बोल्दै अर्यालले भोलि समापनअघि सम्भव भएसम्म ल्याउने प्रयास गर्ने बताए। उनले भने, …उहाँहरूलाई सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुअघि उपस्थित गराउँछौँ। दुवै जनताको स्वास्थ्य स्थिति र कार्यव्यस्तताको कारणले उहाँहरू उद्घाटन सत्रमा आउनु सक्नुभएको छैन।

सांसदहरूलाई डीपी अर्यालको निर्देशन– अर्को चुनावपछि प्रतिपक्षविहीन संसद् हुने गरी काम गर्नुस्
रास्वपाका उपसभापति डीपी अर्यालले अर्को चुनावपछि संसद्मा प्रतिपक्षविहीन बनाउने लक्ष्यका साथ काम गर्न निर्देशन दिएका छन्। पार्टीको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै अघिल्लो पटक २१ जना मात्रै सांसद भएकाले सोचेजस्तो डेलिभरी र डेभलपमेन्टमा काम गर्न नसकेको बताए।

२८ खर्ब ७८ अर्ब पुग्यो सरकारी ऋण
चालु आर्थिक वर्ष २०८२/ ८३ को सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेकोमा फागुन मसान्तसम्ममा २८ खर्ब ७८ अर्ब २९ करोड पुगेको छ । पछिल्लो आठ महिनामा मात्र दुई खर्ब चार अर्ब २४ करोड सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो अवधिसम्ममा सरकारले १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख आन्तरिक र १५ खर्ब ३० अर्ब १८ करोड बाह्य ऋण तिर्न बाँकी रहेको छ । कुल सार्वजनिक ऋणमा फागुन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव १६ र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ८४ प्रतिशत रहेको छ । हालसम्मको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४७ दशमलव १३ प्रतिशत हुन आउँछ ।
ठाकुर गैरे हारको नैतिक जिम्मेवारी लिँदै एमालेको तानसेन र सबै वडा कमिटी विघटन
चुनावमा आफ्नो उम्मेदारको पराजयमा नैतिक जिम्मेवारी लिँदै नेकपा एमाले पाल्पाको तानसेन नगर कमिटी विघटन गरिएको छ । आज बसेको निर्वाचन समीक्षा बैठकमा नगर कमिटीसहित १४ वटा वडा कमिटी विघटन गरिएको अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए । २०७९ को समानुपातिकमा एमालेको ९ हजार भोट आएकोमा योपटक ४ हजारमा घटेको छ । यस नगरमा १ नगर कमिटी, १४ वडा कमिटी र ७२ टोल कमिटी गठन गरिएको थियो । कार्यकर्ताको रोजाइ र भावनाअनुसार चुस्तदुरुस्त कमिटी बनाउन साबिकको कमिटी विघटन गरिएको अध्यक्ष आत्रेयले बताए ।

पेट्रोलियम पदार्थमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असरस्वरुप देशमा महँगी वृद्धिको भयावह समस्या देखिन सक्ने भन्दै त्यसलाई रोक्न पेट्रोलियम पदार्थमा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन् । समस्या केही समयका लागि रहिरहने शंकेत देखिएको भन्दै उनले यसले यातायात मात्र नभएर सबैतिर यसकै बहानामा भयावह मूल्यवृद्धि हुने खतरा रहेको बताएका हुन् ।
प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व शून्य भएको भन्दै सर्वोच्चमा रिट
प्रतिनिधिसभामा मधेशी दलितको प्रतिनिधित्व शून्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । घनश्याम रजकले समानुपातिकतर्फको निर्वाचनमा पहाडी मूल र मधेशी मूलका दलितलाई समानुपातिक रुपमा सिट नछुट्याएको दाबी गर्दै रिट दायर गरेका हुन् । जसउपर यही सोमबार न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ पनि भएको थियो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र अधिवक्ताहरू देवशरण यादव, कबिता दुगाना र उमेश रुपाखेतीले बहस गरेका थिए । बहसपछि अदालतले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न निर्वाचन आयोग सहितका विपक्षीलाई भनेको छ ।
रविको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा जवाफी बहस बाँकी, बिहीबार अर्को सुनुवाइ
राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेको सम्पती शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता विरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी रहेको मुद्दामा एक जनाको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले जवाफी बहस गर्न बाँकी रहेको भन्दै बिहीबार आफ्नो बहस सकिएपछि आदेश आउने जानकारी गराए ।
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर बजारमा, कुन कम्पनीले कति पठाए ?
नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुँदै गएको छ । निगमका अनुसार आज उपत्यकाका विभिन्न २४ वटा ग्यास बोटलिङ प्लान्टहरूले कुल ४५ हजार ८८८ वटा सिलिन्डर बजारमा पठाएका छन् । यो सङ्ख्या उपत्यकाको सामान्य दैनिक मागको तुलनामा करिब १० प्रतिशतले बढी हो ।
आपूर्ति प्रणालीमा सबैभन्दा ठूलो हिस्सा नेपाल ग्यास उद्योगले ओगटेको छ । बालाजुमा रहेको यस उद्योगले १० हजार ३० वटा सिलिन्डर बजारमा पठाएको छ । यस्तै, श्री ग्यास उद्योगले ४ हजार ४९८, एभरेष्ट ग्यासले ४ हजार २६ र सीता श्री ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर बजारमा पठाएका छन् ।
अन्य उद्योगहरू मध्ये सगरमाथा ग्यासले ३ हजार २१७, सूर्य ग्यासले २ हजार ६६१ र उग्रचण्डी ग्यासले ३ हजार ४२२ वटा सिलिन्डर वितरण गरेका छन् । त्यसै गरी सुगम ग्यासले २ हजार ८२०, मेट्रो काठमाडौंले २ हजार ४४८, ओम ग्यासले १ हजार ८१५ र श्रीकृष्ण ग्यासले १ हजार ८१० थान सिलिन्डर बजारमा पठाएका छन् ।

हिमालय पेट्रो केमिकल्सले ३ हजार १०४ र साई बाबा ग्यासले २ हजार ४५० वटा सिलिन्डर आपूर्ति गरेका छन् । भने भानु ग्यासले ९५५ र गीता ग्यासले ५७४ वटा सिलिन्डर बजारमा पठाएका छन् । बाबा ग्यास, गौरी शंकर, केब्सन्स र मनोज ग्यासले पनि बजारमा ग्यास पठाएका छन् । हाल सबै ग्यास उद्योगहरूले सरकारको निर्देशन अनुसार आधा -७.१ केजी) मात्रै ग्यास भरेर बजारमा पठाइरहेका छन् । दैनिक मागभन्दा १० प्रतिशत बढी ग्यास बजारमा पठाइएकाले उपभोक्तामा हुनसक्ने अभावको समस्या हटेर जाने विश्वास गरिएको छ ।
फागुनमा ह्वात्तै घट्यो प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता
फागुन २०८२ मा प्रत्यक्ष वैदेशिक लगानी -एफडीआई) प्रतिबद्धता ह्वात्तै घटेको छ । उद्योग विभागका अनुसार फागुनमा ३८ करोड ६० लाख रुपैयाँमात्र एफडीआई प्रतिकद्धता प्राप्त भएको विभागले जनाएको छ । माघसम्म ४० अर्ब २८ करोड रहेको एफडीआई प्रतिबद्धता फागुनसम्म ४० अर्ब ६६ करोडमात्र पुगेको हो । चालु आर्थिक वर्ष साउनमा सबैभन्दा धेरै २० अर्बभन्दा माथि एफडीआई प्रतिबद्धता प्राप्त भएको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनपछि लगानी प्रतिबद्धता घट्न थालेको हो । फागुनमा आइपुग्दा यो न्यूनस्तरमा झरेको हो ।

बाँकेमा महिलाको हत्या आरोपमा एक जना पक्राउ
बाँकेको बैजनाथ गाउँपालिका–५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय सिताराम थारू रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी गराएको छ । उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । वादविवादको क्रमममा सितारामले धारिलो हतियार हँसिया प्रहार गर्दा भगवनीको घटनास्थलमै मृत्यु भएको खबर प्रहरीले प्राप्त गरेको थियो ।
गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जना घाइते
गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङमा ट्याक्टरको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।अग्लुङ फेदी खोलाबाट बालुवा बोकेर गएको रा १ त ३८६३ नम्बरको ट्याक्टरले स्थानीय सालिकराम चन्द -अन्दाजी ३५/३६ वर्ष) लाई ठक्कर दिएको हो । ठक्करबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पोखराबाट दुई जना पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका–१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् ।
नेपाल फर्किन कुवेत र कतारका नेपालीलाई साउदीको बाटो …महँगोÚ
नेपाल सरकारले कुवेत र कतारमा रहेका नेपालीलाई साउदी अरब हुँदै नेपाल फर्किन सकिने व्यवस्था मिलाएको छ । साउदीको हवाईमार्ग खुला नै रहेको अवस्थामा कुवेत र कतारबाट सडकमार्ग हुँदै साउदीसम्म जाने र त्यसपछि हवाई मार्ग हुँदै नेपाल फर्किने व्यवस्था मिलाइएको हो । इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण पश्चिम एसियाली देशहरू -मध्यपूर्व) मा रहेका नेपाली त्रसित अवस्थामा छन् । कुवेत र कतारमा रहेर समस्यामा परेका नेपालीको उद्धारका लागि साउदीको बाटो अघि सारिएको हो ।
कुवेत र कतारमा रहेका नेपाली दूतावासहरूले साउदीको पर्यटक भिसामार्फत नेपालीहरूलाई उद्धारको व्यवस्था मिलाएको हो । त्यसका लागि अनलाइन मार्फत साउदी अरबको भिसा लिन आह्वान गरिएको छ ।
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन र संयमता अपनाउन आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार यस्तो आह्वान गरेका हुन् । जियानले जति सक्दो छिटो वार्ताको माध्यामबाट युद्धविराम गर्न पनि दुवै पक्षलाई भनेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान द्वन्द्वका बारेमा पत्रकारहरूसँगको साक्षातकारको क्रममा उनले यस्तो बताएका हुन् । अफगानिस्तान र पाकिस्तान छिमेकीहरु एक अर्काबाट टाढा रहन नसकिने उल्लेख गर्दै लिनले उनीहरूका समस्या समाधानका लागि संवाद र परामर्श एक मात्र प्रभावकारी उपाय भएको बताए ।

र
आपसी तनाव कम गर्न अफगानिस्तान र पाकिस्तानलाई डब्ल्यूएचओको आह्वान
विश्व स्वास्थ्य संगठन -डब्लूएचओ) ले अफगान तालिबान र पाकिस्तानबीचको तनाव कम गर्न आह्वान गरेको छ । अफगानिस्तान र पाकिस्तान बीचको तनावले जनताको स्वास्थ्य र जीवनका लागि खतरा निम्त्याउने डब्ल्यूएचओले भनेको छ । …अफगानिस्तान र पाकिस्तानबीच बढ्दो झडपका कारण फेब्रुअरीको अन्त्यदेखि अफगानिस्तानमा कम्तीमा छ स्वास्थ्य केन्द्रहरू प्रभावित भएका छन्,Ú डब्ल्यूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ । काबुलमा गृह मन्त्रालयद्वारा सञ्चालित ओमिद लागुऔषध पुनस्र्थापना केन्द्रमा रातभरि भएको आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने कम्तीमा २५० जना घाइते भएका छन् । यी व्यक्तिहरूलाई लागुऔषधको लतको उपचारका लागि भर्ना गरिएको थियो ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया