

तलब–भत्ता नलिने रास्वपा सांसद सुधन गुरुङको घोषणा



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद सुधन गुरुङले आफूले सरकारी तलब–भत्ता तथा सेवा सुविधा नलिने बताएका छन् । रास्वपाका नवनिर्वाचित सांसदका निम्ति ललितपुरको ग्वार्कोस्थित एक होटेलमा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा मंगलबार (चैत ३) उनले यस्तो बताएका हुन् ।
“तलब–भत्ता, सुविधा केही लिन्नँ । सरकारी गाडी पनि चढ्दिनँ,” उनले भने, “आफ्नै गाडी छ, त्यही चढ्छु । सक्षम छौँ, किन लिनुपर्यो ?”
सांसदलाई सरकारी तलब–भत्ता तथा सेवा सुविधा हुन्छ । सांसदलाई गाडी सुविधा हुँदैन । संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक तथा मन्त्री बनेको अवस्थामा भने गाडी उपलब्ध गराइन्छ ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया