स्वास्थ्य बिमा बोर्डको टिकटक–फेसबुक रिल्स प्रतियोगिता : ५० हजार पुरस्कार

 स्वास्थ्य बिमा बोर्डले आफ्नो कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गरेको छ ।

बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर नागरिकलाई डिजिटल माध्यममार्फत स्वास्थ्य बिमाको महत्त्वबारे जानकारी दिन र यो कार्यक्रमप्रति सहभागिता बढाउन प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फर्म्याट’मा भिडियो बनाउनुपर्ने हुन्छ । सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ ।

पोस्ट गरिएको भिडियो यही चैत २ देखि १५ गतेभित्र बोर्डको इमेल [email protected] मा पठाउनुपर्ने जनाइएको छ ।

बोर्डका अनुसार, भिडियोको मूल्यांकन त्यसमा आउने लाइक, सेयर, कमेन्ट र भ्युज तथा सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति एवं सामाजिक सन्देशका आधारमा गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने बोर्डले जनाएको छ ।

afdg-1773641991.jpg

प्रतिक्रिया

खबर सबै