

टी–२० अलराउन्डर वरियतामा दीपेन्द्र लागातार तेश्रो पटक चौथौ स्थानमा याथावत्


नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले हिजोसम्मको अपडेट राखी आज अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार तेस्रो हप्ता पनि चौथोमै रहेका हुन् ।
आइतवार सम्पन्न आईसीसी टी–२० विश्वकपको समूह चरणमा गरेको प्रदर्शनपछि तीन हप्ताअघि दीपेन्द्रको वरियता सुधार भएर छैटौंबाट चौथोमा उक्लिएका थिए । दीपेन्द्रले टी–२० विश्वकपमा नेपालका लागि सबैभन्दा धेरै १ सय ६९ रन बनाएका थिए ।
बलिङमा २ विकेट लिए । त्यही प्रदर्शनबाट दीपेन्द्रको रेटिङ अङ्क बढेर अहिलेसम्मकै उच्च २ सय ४४ पुगेको छ । अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा र भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब र पाँचौंमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ यथावत् छन् ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया