

दाङमा यी ५१ उमेदवारको जमानत जफत



यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बनेका ६० मध्ये दाङमा ५१ जनाको जमानत जफत भएको छ । धरौटी जफत हुनेमा प्रमुख राजनीतिक दलका उमेदवारदेखि स्वतन्त्रसम्म छन् ।
दाङ क्षेत्र नम्बर–१ मा १२, २ मा २० र ३ मा १९ उमेदवारको जमानत जफत भएको छ । निर्वाचनमा गणना गरिएको सदर मतको कम्तीमा १० प्रतिशत जनमत प्राप्त गर्न नसक्ने उमेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ ।
दाङ–१ मा विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकसहित नेपाली कांग्रेसका योगेन्द्र चौधरी, २ मा निर्वाचित रास्वपाका विपिनकुमार आचार्यसहित नेकपा (एमाले)का शंकर पोखरेल र कांग्रेसका किरणकिशोर घिमिरे र ३ मा जितेका रास्वपाका कमल सुवेदीसहित कांग्रेसका दीपक गिरी, एमालेका घनश्याम पाण्डेय र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्कीको जमानत जोगिएको छ । अरू उमेदवारको धरौटी जफत भएको छ ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार, दाङ–१ मा जमानत जोगाउन उमेदवारले गणना भएको ८० हजार ४४६ मध्ये सदर ७६ हजार ३८९ को १० प्रतिशत अर्थात् सात हजार ६३९ मत ल्याउनुपर्ने थियो । योभन्दा कम मत प्राप्त गर्नेको जमानत जफत भएको हो ।
दाङ–१ मा एमालेका रेवतीरमण शर्मा घिमिरे (६,८२५), नेकपाका उमेदवार एवम् पूर्वमन्त्री मेटमणि चौधरी (४,९६५), नेकपा (माओवादी)का प्रकाश शाही (१,४७२), स्वतन्त्र उमेदवार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी (१,३८४), राप्रपाका विनय बिसी (१,२९२), राष्ट्रिय जनमोर्चाका गणेश आचार्य (१,०७७), स्वतन्त्र उमेदवार मनिकराम यादव (१००८), नेसनल रिपब्लिक नेपालका मीनबहादुर ठेडीमगर (१९३), मंगोल नेसनल अर्गनाइजेसनका खुमबहादुर गाहामगर (१४१), जनता समाजवादी नेपालका भरतलाल चौधरी (८१), आम जनता पार्टीका सिताराम यादव (४७) र राष्ट्रिय परिवर्तन पार्टीका रन्जित चौधरी (२१)को जफत भएको छ ।
दाङ–२ मा गणना भएको ८२ हजार ३०५ मध्ये सदर ७९ हजार ४४० को १० प्रतिशत अर्थात् सात हजार ९४४ मत उमेदवारले प्राप्त गर्नुपर्ने थियो । योभन्दा कम मत प्राप्त गर्ने उमेदवारको जमानत जफत भएको कार्यालयले जनाएको छ ।
यहाँ नेकपाका निर्मल आचार्य (७,०८३), राप्रपाका ऋषिकेश पोखरेल (७६०), मंगोल नेसनल अर्गनाइजेसनका अम्मरबहादुर बढा (५५७), राष्ट्रिय जनमोर्चाका मनिराम खनाल (२२६), नेसनल रिपब्लिक नेपालका जितन पुन (९२), प्रलोपाका प्रतीक अधिकारी (७४), राष्ट्रिय जनमुक्ति पार्टीका रवीन्द्र उच्च नेपाली (४१), जनता समाजवादी पार्टी, नेपालका ढुण्डिराज थापा (३१), नागरिक उन्मुक्ति पार्टीका झरेन्द्रबहादुर खत्री (२८), नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाही (२१), मितेरी पार्टी नेपालका रेखबहादुर पुन (९), आम जनता पार्टीका कृष्णबहादुर सनार (७), स्वतन्त्र उमेदवारहरू पद्मप्रसाद पाण्डे (३२), धर्मराज शर्मा (३१), विष्णुकुमारी भुसाल (११), बालाराम पौडेल र कल्पना लामा (९/९), लालबहादुर खत्री (७), समीर वली र विष्णुविक्रम सेन वलीको समान (४/४) धरौटी जफत भएको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार, क्षेत्र नम्बर–३ मा १९ उमेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन यहाँ गणना भएको ८८ हजार ६१७ मध्ये सदर ८४ हजार ८४१ को १० प्रतिशत अर्थात् आठ हजार ४८५ मत प्राप्त गर्नुपर्ने थियो । योभन्दा कम मत प्राप्त गर्ने उमेदवारको जमानत जफत भएको हो ।
दाङ–३ मा जमानत जफत हुनेमा राप्रपाका दामोदर भण्डारी (१,०५६), नेकपा (माओवादी)का बलबहादुर वली (४२५), राष्ट्रिय जनमोर्चाकी कमला जिसी (१८०), श्रम संस्कृति पार्टीका टोपबहादुर महतरा (२२७)ं, नेसनल रिपब्लिक नेपालका प्रितम चौधरी (१८१), मंगोल नेसलन अर्गनाइजेसनका घनश्याम चौधरी (१४४), जनता समाजवादी पार्टी, नेपालकी शोभा डाँगी (२४), आम जनता पार्टीकी पाण्डवी नेपाली (८), नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी (५५), संयुक्त नागरिक पार्टीका दलवीर कामी (९४), मितेरी पार्टी नेपालका सन्तोष सिंह (१०), स्वतन्त्र उमेदवारहरू यमबहादुर बस्नेत (१५५), भरत परियार (६), सुरेश नेपाली (१), इन्द्रबहादुर बस्नेत (१०), प्रेमबहादुर वली (७), भागीराम चौधरी (११), सप्रिक कँडेल (१४) र महेश डाँगी (८) छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया