
तेस्रो पटक सकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार रोकियो

तेस्रो पटक सकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । चुनावपछि खुलेको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्सेमा तेस्रो पटक सकारात्मक सर्किट लागेको हो ।
बिहीवार भएकाे चुनावमा रास्वपाले दुईतिहाइ नजिक मत पाएपछि स्थिर सरकारकाे आशामा लगानीकर्ता आकर्षित भएका हुन् ।
आज शेयर बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेको थियो । २० मिनेट बजार बन्द भएर खुलेको १ मिनेटमै बजार थप १ प्रतिशतले बढ्याे । यो अवधिमा कुल ५ प्रतिशतले बढेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । ४० मिनेट रोकिएर खुलेको शेयर बजार थप १ प्रतिशत बढेर कुल ६ प्रतिशतको वृद्धिपछि सर्किट लागेर आजको कारोबार नै रोकिएको हाे ।
नेप्से आज १६२ दशमलव ९३ अङ्कले बढेर २ हजार ८७५ दशमलव ४३ विन्दुमा पुगेकाे छ । आज सबै समूहकाे शेयर बढेकाेमा व्यापार समूहकाे शेयर सबैभन्दा धेरै ७ दशमलव ७३ प्रतिशतले उकालाे लागेकाे छ ।
आज कर्पाेरेट विकास बैंक, शिवश्री हाइड्राेपावर कम्पनीकाे शेयर १० प्रतिशतले बढेकाे छ । बजार उच्च अङ्कले बढेकाे दिन आज रिलाइन्स स्पिनिङ मिल्स कम्पनीकाे १ दशमलव ४९ प्रतिशतले घटेकाे छ । आज याे कम्पनीकाे मात्रै शेयर घटेकाे हाे ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया