

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ



प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी र सिरहा–३ का जसपा, नेपालका उम्मेदवार अशेश्वर यादवलाई पक्राउ गरेको हो ।
प्रहरीको नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा उम्मेदवार चौधरी सवार गाडीमा शंकास्पद वस्तु भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता डिसपी हरिबहादुर बस्नेतका अनुसार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
त्यसैगरी, प्रहरीले मौनअवधिमा रकमसहित हिँड्दै गरेका सिरह–३ का उम्मेदवार यादवलाई पनि नियन्त्रणमा लिएको हो।
सिरहा प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको स्करपियोमा चार लाख ८७ हजार रुपियाँसहित यादव फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उम्मेदवार यादवसँगै प्र. २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीका सवार पाँच जनासमेत पक्राउ परेका छन् ।
प्रहरीले उनको गाडीबाट अन्य शंकास्पद सामग्रीसमेत फेला पारेको छ । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया