

कपिलवस्तु–१ मा एमाले उम्मेदवार विश्राम थारुको घरदैलो तीव्र


कपिलवस्तु । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत कपिलवस्तु क्षेत्र नं. १ का नेकपा एमाले उम्मेद्वार विश्राम प्रसाद थारु चौधरीले शुद्धोधन र मायादेवी गाउँपालिकाका चाकलचौडा, रंगपुर, हरनामपुर लगायत विभिन्न गाउँबस्तीमा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ।
घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका गुनासा, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको थियो। दीर्घकालीन समाधानका लागि स्पष्ट योजना सहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले मधेशको समृद्धिबिना देशको समग्र विकास सम्भव नरहेको धारणा राख्नुभयो।
उहाँले रोजगारी सिर्जनाका लागि आधारभूत पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्दै मुख्य सडकहरूको स्तरोन्नति, जगदिशपुर जलाशयबाट सिँचाइ विस्तार, कृषि एम्बुलेन्स सेवा सञ्चालन तथा स्वास्थ्य र शिक्षामा सुधारलाई प्राथमिकतामा राखेको बताउनुभयो।
मधेश क्षेत्रमा देखिएका बालविवाह, कुपोषण र जातीय विभेदजस्ता सामाजिक समस्यामा नीतिगत पहल गर्ने प्रतिबद्धता जनाउँदै उहाँले “सिपयुक्त युवा, आत्मनिर्भर समाज” निर्माण गर्ने मूल उद्घोष दोहोर्याउनुभयो। स्वदेशमै रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, साना तथा लघुउद्यम प्रवर्द्धन र सामाजिक न्याय सुनिश्चित गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ थियो।
त्यसैगरी भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान, सुरक्षित आवास, स्वच्छ खानेपानी र आधारभूत सेवाको विस्तारमा विशेष पहल गर्ने पनि चौधरीले उल्लेख गर्नुभयो।
शुद्धोधन र मायादेवी गाउँपालिकाका स्थानीयवासीहरूले सडक स्तरोन्नति, सिँचाइ व्यवस्थापन, स्वास्थ्य सेवा पहुँच विस्तार र रोजगारी सिर्जनालाई प्रमुख चासोका विषयका रूपमा उठाएका थिए।


खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया