

टी–२० विश्वकप : वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा



दक्षिण अफ्रिका आइसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियम बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई नौ विकेटले हरायो ।
दक्षिण अफ्रिका अपराजित रहँदै अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने दोस्रो टोली हो । यसअघि समूह दुई बाट इङ्ल्यान्डले सेमिफाइनल यात्रा तय गरिसकेको छ ।
जितका लागि एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिणले १६.१ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।
उहाँले ४६ बलका सात चौका र चार छक्का हान्नुभयो । यस्तै क्विन्टन डे ककले ४७, रायन रिकेल्टनले अविजित ४५ रन बनाउनुभयो । बलिङमा वेस्ट इन्डिजका रोस्टन चेसले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जेसन होल्डर र रोमारियो शेफर्डले सानदार साझेदारी गरेपनि टोलीको हार टरेन । दुवैले आठौँ विकेटका लागि ८९ रनको महत्वपूर्ण साझेदारी गर्नुभएको थियो ।
शेफर्डले अविजित ५२ र होल्डरले ४९ रन बनाउनुभयो । यस्तै ब्रेन्डन किङले २१ र साई होपले १६ रन जोड्नुभयो । बलिङमा दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले तीन तथा कागिसो रबाडा र कोर्बीन बोस्चले दुई दुई विकेट लिनुभयो ।
सुपर आठमा दोस्रो जितसँगै चार अङ्क बनाएको दक्षिण अफ्रिका समूह एकको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको वेस्ट इन्डिजको दुई अङ्क छ । एक एक खेल खेलेको भारत र जिम्बावेले खाता खोल्न सकेका छैनन् । भारत र जिम्बावे आफ्नो दोस्रो खेलमा आजै राति भिड्नेछन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया