

कपिलवस्तुसहित देशभर नेपाली कांग्रेसको माहोल बन्दै गएको छ: उम्मेदवार अतहर कमाल मुसलमान


कपिलवस्तु–१ मा नेपाली कांग्रेसको चुनावी लहर चलेको छ ः उम्मेदवार अतहर कमाल
नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु- १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अतहर कमाल मुसलमानले कपिलवस्तुसहित देशभर नेपाली कांग्रेसको माहोल बन्दै गएको दाबी गरेका छन्।
मायादेवी गाउँपालिका–डुबरामा आयोजित घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी, शुद्धोधन गाउँपालिका र बाणगंगा नगरपालिकामा कांग्रेसको लहर चलेको जिकिर गरे। उनले अन्य दलले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने दाबीसमेत गरे।
“हामी १० देखि १५ हजार मतले निरन्तर अगाडि छौं, जित्नेमा ढुक्क छौं,” उनले भने।
कमालले आफू यस क्षेत्रको सामाजिक रूपान्तरण र विकास निर्माणका विषयमा जानकार रहेको उल्लेख गर्दै केन्द्रिय नेतृत्वले देखाएको साहसका आधारमा ‘अबकी बार सय पार’ नारा साकार हुने विश्वास व्यक्त गरे। उनले प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ४० सिट जित्ने दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बन्ने तथा कपिलवस्तुका तीनै सिट कांग्रेसले जित्ने बताएका छन्।
को हुन् अतहर कमाल मुसलमान ?
अतहर कमाल मुसलमानले २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए। स्वतन्त्र उम्मेदवार भए पनि उनले सार्वजनिक रूपमा कांग्रेसको चुनाव चिह्नमा मत हालेको बताएका छन्।
२०७४ सालमा भने उनी समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए। मुसलमान पछिल्ला दुई दशकदेखि मधेशका सिमान्तीकृत तथा वञ्चित समुदायका बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि सक्रिय रहँदै आएका छन्।
उनले सामाजिक परिचालन अभियानमार्फत गरिब, विपन्न तथा पछाडि परेका समुदायलाई छात्रवृत्ति, निरन्तर पढाइ, स्वच्छ खानेपानी र आयआर्जनका कार्यक्रमसँग जोड्दै आएको बताए।
स्वतन्त्र रूपमा संविधानसभा सदस्य निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीको प्रस्ताव गरे पनि पार्टी नछाडेको उल्लेख गर्दै उनले अहिले कांग्रेसबाट उम्मेदवार बन्न पाउँदा गर्व लागेको बताए।
बाणगंगा नगरपालिका–११ वनकटवाका ५५ वर्षीय मुसलमानले कृषिको आधुनिकीकरणमार्फत उत्पादनदेखि बजारीकरणसम्मका कामलाई प्राथमिकता दिँदै स्वरोजगार वृद्धि गर्ने लक्ष्य लिएको बताएका छन्।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया