

दाङमा पार्टीको झण्डा जलाएको विरोधमा नेकपा (एमाले) को पोखरामा प्रदर्शन !



दाङमा पार्टीको झण्डा जलाएको विरोधमा नेकपा (एमाले) ले पोखरामा प्रदर्शन गरेको छ । शुक्रबार एमाले कार्यकर्ताहरूले पोखरामा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा उनीहरूले नाराबाजीसमेत गरेका छन् । एमालेको युथ भोलेन्टियर फोर्सको अगुवाइमा भएको प्रदर्शनमा झन्डा जलाउनेलाई कारबाही माग गरिएको छ ।
यता, काठमाडौंमा पनि एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । उनीहरूले शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन् ।
प्रहरीले झण्डा जलाएको आरोपमा एकजनालाई पक्राउ गरिसकेको जानकारी दिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र अन्य संलग्नहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया