

दाङमा पार्टीको झण्डा जलाएको विरोधमा नेकपा (एमाले) को पोखरामा प्रदर्शन !

दाङमा पार्टीको झण्डा जलाएको विरोधमा नेकपा (एमाले) ले पोखरामा प्रदर्शन गरेको छ । शुक्रबार एमाले कार्यकर्ताहरूले पोखरामा राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा उनीहरूले नाराबाजीसमेत गरेका छन् । एमालेको युथ भोलेन्टियर फोर्सको अगुवाइमा भएको प्रदर्शनमा झन्डा जलाउनेलाई कारबाही माग गरिएको छ ।
यता, काठमाडौंमा पनि एमाले कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । उनीहरूले शुक्रबार साँझ काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन् ।
प्रहरीले झण्डा जलाएको आरोपमा एकजनालाई पक्राउ गरिसकेको जानकारी दिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र अन्य संलग्नहरूको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया