

विश्व सामाजिक न्याय दिवस आज





विश्व सामाजिक न्याय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । समाजमा रहेको असमानता, विभेद, गरिबी, बेरोजगारी र बहिष्करणजस्ता समस्यालाई सम्बोधन गर्ने उद्देश्यले सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेपछि सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउन थालिएको हो ।
सामाजिक न्यायले व्यक्तिको जाति, लिङ्ग, धर्म, रंग, अपांगता वा सामाजिक–आर्थिक अवस्थाका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अवसर र अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिन्छ । अन्तर्राष्ट्रिय मजदुर संगठनका अनुसार सबैका लागि निष्पक्षता, समानता र आफ्नो जीवनको दिशा निर्धारण गर्ने अधिकार सुनिश्चित गर्नु नै सामाजिक न्याय हो ।
सामाजिक न्याय शान्ति र समृद्धिको आधार मानिन्छ । तर, अझै पनि विश्वका धेरै मानिस विभेद, शोषण र अवसरबाट वञ्चित भइरहेका छन् । यो दिवसले सरकार, विभिन्न संस्था र नागरिकलाई समावेशी समाज निर्माणतर्फ सक्रिय हुन आह्वान गर्दछ । नेपालमा पनि सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् ।
नेपाल सरकार, पालिका सरकार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले महिला, बालबालिका, युवा तथा गरिबीमा रहेका समुदायको अधिकार संरक्षण, वातावरण संरक्षण र समान अवसर सुनिश्चित गर्न पहल गरिरहेका छन् । सामाजिक न्याय दिवसले सबै नागरिकलाई न्याय, समानता र मर्यादित जीवन सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता जनाउन प्रेरित गरेको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया