

टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै



आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ।
समूह ‘सी’ मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्।
अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध उत्कृष्ट खेलेको नेपाल त्यतिबेला ४ रनले पराजित भएको थियो। त्यसपछिका खेलहरूमा नेपालले लय गुमाउन पुगेको थियो।
इटालीसँग १० विकेट र त्यसपछि वेस्ट इण्डिजसँग ९ विकेटले नेपाल पराजित भएको थियो।
आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ। नेपालको समूहबाट स्कटल्याण्ड र इटाली पनि बाहिरिसकेको छ। इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर ८ मा स्थान बनाइसकेका छन्।
खेलअघि नेपाल क्रिकेट टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले स्कटल्याण्ड विरूद्धको खेलमा खेलाडीहरूले गल्ती नदोहोर्याएको हेर्न चाहेको बताएका थिए।
‘स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले राम्रो प्रतिस्पर्धा गरेको र एउटै गल्ती पटक-पटक नदोहोऱ्याएको हेर्न चाहन्छौँ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले सोमबार पत्रकार सम्मेलनमा भने।
उनले स्कटल्याण्ड विरूद्ध अझै सोचबिचार गरेर खेल्न आग्रह पनि गरे। ‘हाम्रो टोली धेरै ऊर्जावान र समर्थकहरूको ठूलो साथ छ। त्यसैले हामी ती समर्थकहरूका लागि यो विश्वकपमा एउटा सुखद सम्झना छोड्न चाहन्छौं,’ उनले भने।
नेपाली टोलीले एकरूपको प्रदर्शन गर्नुपर्नेमा पनि कन्सल्टेन्ट प्रशिक्षक पोथासको भनाइ थियो।
‘इंग्ल्याण्ड विरुद्धको खेलमा हामीले आफ्नो योजनालाई राम्ररी मैदानमा उतार्न सकेका थियौँ। तर इटालीविरुद्धको खेलमा हामीले योजना अनुसार खेल्न सकेनौँ। यो धेरै सरल छ— एउटा राम्रो खेल खेल्दैमा तपाईं उत्कृष्ट टोली बन्नुहुन्न। उत्कृष्ट खेलाडी वा टोली बन्नको लागि प्रदर्शनमा निरन्तरता चाहिन्छ। स्कटल्यान्डविरुद्ध राम्रो नतिजा निकालेर र सकारात्मक ऊर्जाका साथ विश्वकपबाट बिदा हुन पाउँदा राम्रो हुनेछ, जसले आगामी ५० ओभरका खेलहरूका लागि पनि आत्मविश्वास बढाउनेछ,’ उनले भने।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया