
वाणगङ्गा ८ लौगाईका अमृत बेल्वासे सम्पर्क बिहिन, खोजी गरिदिन आग्रह

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ लौगाई निवासी अमृत बेल्बासे शिवरात्रीको दिनदेखि हराएका छन्। परिवारका अनुसार उनी सोही दिन दिउँसो करिब १ बजेतिर घरबाट निस्किएका थिए र त्यसपछि सम्पर्कविहीन बनेका छन्।
अमृत होराइजन इङ्लिस स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्। हराउँदा उनले हरियो/खैरो हुड, सेतो पाइन्ट र खुट्टामा चप्पल लगाएका थिए।
परिवारले दिएको जानकारीअनुसार उनी बोडगाउँ चोक पुगेपछि आफ्नो साइकल एउटा फलफूल पसलमा राखेर हिँडेको देखिएको थियो। त्यसपछि उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
अमृतका पिता जनक प्रसाद बेल्बासे र माता सुनिता बेल्बासे हाल विदेशमा रहेका छन्। उनी लौगाइमा आफ्नी हजुरआमा र दिदीसँग बस्दै आएका थिए।
बालक हराएपछि परिवारले खोजी कार्य तीव्र बनाएको छ। कुनै जानकारी भएमा अभिभावक बसन्ता बेल्बासे लाई 9840489209 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया