

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै





आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो तेश्रो खेलमा वेस्ट इन्डिजसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि शुरु हुनेछ ।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । नेपालले समूह चरणको आफ्नो अन्तिम खेल पर्सि मङ्गलवार स्कटल्याण्डसँग खेल्नेछ । समूह चरणमा लगातार दुई हार बेहोरेपछि नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा सुखद हुन सकेन ।
नेपाली टोली समूह चरणबाटै बाहिरिने संघारमा छ । कुनै पनि अङ्क जोड्न नसकेको नेपाल समूह ‘सी’को अङ्क तालिकामा पुछारमा छ । लगातार २ खेलमा जीत निकालेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ । यस्तै आजै दिउँसो ३ बजे भारतको चेन्नईमा नामिबिया र अमेरिकाले खेल्दैछन् ।
आजै बेलुका सवा ७ बजे आयोजक भारत र पाकिस्तानबीच खेल हुनेछ । यो खेल श्रीलङ्काको कोलम्बोमा हुनेछ । लगातार दई खेल जितेका दुवै टोलीको समान ४ अङ्कसहित भारत शीर्ष र पाकिस्तान दोश्रो स्थानमा छ । यसअघि हिजो भएका खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले, इंग्ल्याण्डले स्कटल्याण्डलाई ५ विकेटले र आयरल्याण्डले ओमानलाई ९६ रनले हराएको छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया