

आईसीसी टी–२० विश्वकप : यी टिम हुन् सुपर–८ का प्रवल दाबेदार


भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप–२०२६ मा हालसम्म २० टिममध्ये अमेरिका र नेदरल्यान्ड्सबाहेकका टिमले दुई समूह चरणका दुई खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । समूह ‘ए’ मा रहेका अमेरिका र नेदरल्यान्ड्सले भने समान तीन खेल खेलिसकेका छन् ।
प्रतियोगितामा हालसम्म २१ खेलको नतिजा निस्किँदा केही टिम यस्ता छन्, जसले लगातार जितसहित आफ्नो सुपर–८ को सम्भावनालाई बलियो बनाएका छन् ।
समूह ‘ए’ बाट भारत र पाकिस्तानले सुपर–८ मा प्रवल दाबेदारी प्रस्तुत गरेका छन् । यी दुवै टिम समान दुई खेलबाट चार अंकसहित समूहको शीर्ष र दोस्रो स्थानमा छन् । यही समूहमा रहेका नेदरल्यान्ड्स र अमेरिकाले भने तीन खेल खेल्दा दुई अंक जोडेका छन् । समूहको पुछारमा रहेको नामिबियाले भने अझै अंकको खाता खोल्न सकेको छैन ।
यस्तै, दुई खेलको समीकरण पूरा भइसक्दा समूह ‘बी’ को सुपर–८ सम्भावना रोमाञ्चक बनेको छ । यो समूहमा श्रीलंका र जिम्बाब्वे समान चार अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । यही समूहमा रहेको अस्ट्रेलिया भने दुई खेल खेल्दा दुई अंकसहित तेस्रो स्थानमा छ । जितविहीन आयरल्यान्ड र ओमान भने तालिकाको चौथो र पाँचौँ स्थानमा छन् ।
नेपालसहितको समूह ‘सी’ अझैसम्म पनि सबै टिमका निम्ति खुला रहेको छ । लगातार दुई जितसहित वेस्ट इन्डिज शीर्ष स्थानमा छ । दुई खेल खेल्दा एक जित र एक हार आत्मसात गरेका स्कटल्यान्ड, इंग्ल्यान्ड र इटाली क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । दुई खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनको र दोस्रो खेलमा इटालीसँग १० विकेटको हार बेहोरेको थियो ।
प्रतियोगिताको समूह ‘डी’ मा न्युजिल्यान्ड, दक्षिण अफ्रिका, युनाइटेड अरब इमिरेट्स (यूएई), अफगानिस्तान र क्यानडा छन् ।
यो समूहमा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले लगातार दुई जितसहित सुपर–८ सम्भावनालाई बलियो बनाएका छन् । दुई खेलबाट दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ । दुई हार बेहोरेका दुई टोली अफगानिस्तान र क्यानडा भने क्रमशः चौथो र पाँचौँ स्थानमा छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया