

प्रतिनिधिसभा चुनावका लागि मतपत्र ढुवानी शुरू



निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि मतपत्र ढुवानी शुरू गरेको छ ।
आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार आज कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ ।
यस्तै आज बिहानसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १ सय २४ वटा निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइ सकिएको उहाँले बताउनुभयो । ५८ जिल्लाको १ करोड ५७ लाखभन्दा धेरै मतपत्र छापेर रुजु गरी प्याकिङ भइसकेको छ ।
प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको मतपत्र भने यसअघि नै छापेर प्याकिङ भइसकेको छ । आयोगले आउँदो फागुन १२ गतेभित्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने लक्ष्य लिएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छापिरहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिनुभयो ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया