

प्रतिनिधिसभा चुनावका लागि मतपत्र ढुवानी शुरू



निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि मतपत्र ढुवानी शुरू गरेको छ ।
आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार आज कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ ।
यस्तै आज बिहानसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १ सय २४ वटा निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइ सकिएको उहाँले बताउनुभयो । ५८ जिल्लाको १ करोड ५७ लाखभन्दा धेरै मतपत्र छापेर रुजु गरी प्याकिङ भइसकेको छ ।
प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको मतपत्र भने यसअघि नै छापेर प्याकिङ भइसकेको छ । आयोगले आउँदो फागुन १२ गतेभित्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याइसक्ने लक्ष्य लिएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छापिरहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिनुभयो ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया