

कपिलवस्तु रास्वपाका संगठन विभाग प्रमुख पक्राउ



कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्।रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
वाणगंगा नगरपालिका ८, धनेशपुरका भट्टराईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अनुसन्धानका क्रममा रहेको सरकारी कागजात माघ २६ गते सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए।
डिएसपी सिंहका अनुसार अनुसन्धानका क्रममा रहेको सरकारी कागजात सामाजिक सञ्जालमा राखेर घृणा वा द्धेष फैलाउने कार्य गरेको तथा गोपनीयता समेत भंग गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार बेलुका ५ बजेतिर कपिलवस्तु – २ बाट प्रहरीले भट्टराईलाई पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए। भट्टराई विरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले बुधबार ३ दिनको म्याद दिएको डिएसपी सिंहले जानकारी दिए।
पक्राउ परेका भट्टराईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया