

कपिलवस्तु रास्वपाका संगठन विभाग प्रमुख पक्राउ



कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्।रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
वाणगंगा नगरपालिका ८, धनेशपुरका भट्टराईले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अनुसन्धानका क्रममा रहेको सरकारी कागजात माघ २६ गते सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए।
डिएसपी सिंहका अनुसार अनुसन्धानका क्रममा रहेको सरकारी कागजात सामाजिक सञ्जालमा राखेर घृणा वा द्धेष फैलाउने कार्य गरेको तथा गोपनीयता समेत भंग गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
मंगलबार बेलुका ५ बजेतिर कपिलवस्तु – २ बाट प्रहरीले भट्टराईलाई पक्राउ गरेको डिएसपी सिंहले जानकारी दिए। भट्टराई विरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिमको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतले बुधबार ३ दिनको म्याद दिएको डिएसपी सिंहले जानकारी दिए।
पक्राउ परेका भट्टराईमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया