

चोटको तनावबीच मैदानमा उत्रिँदै, टी-२० विश्वकपको दाबेदार अस्ट्रेलिया



भारत र श्रीलंकामा संयुक्त रूपमा भइरहेको टी–२० क्रिकेट विश्वकपको दाबेदार टिममध्येको एक हो, अस्ट्रेलिया । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा पूर्ण सदस्यता प्राप्त यो राष्ट्र यस वर्ष मिचेल मार्सको कप्तानीमा मैदान उत्रिनेछ ।
अस्ट्रेलिया टेस्ट क्रिकेटमा लामो इतिहास बोकेको राष्ट्र हो । अस्ट्रेलियाले सन् १८७७ मा सम्पन्न विश्वकै पहिलो टेस्ट क्रिकेट जित्दै क्रिकेट इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखेको थियो । सन् २००४ देखि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पाइला टेकेको अस्ट्रेलिया क्रिकेट इतिहासमा सफल टिमको रूपमा चिनिन्छ ।
यस संस्करणमा अस्ट्रेलिया समूह ‘बी’ मा परेको छ । उक्त समूहमा आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वेलाई छन् ।
अस्ट्रेलियाले आयरल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । दोस्रो खेलमा अस्ट्रेलियाले जिम्बाब्वेसँग फेब्रअुरी १३ मा खेल्नेछ । अस्ट्रेलियाले तेस्रो र चौथो खेलमा क्रमशः श्रीलंकासँग फेब्रुअरी १६ मा ओमानसँग फेब्रुअरी २० मा प्रतिस्पर्धा गर्नेछ ।
टिम अस्ट्रेलिया
मिचे मार्स (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रिन, जोस हेज्लेवुड, ट्राभिस हेड, जोश इन्ग्लिस (विकेटकिपर), म्याथ्यू कुह्नेम्यान, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, मार्कस स्टोइनिस, एडम जाम्पा
टी–२० क्रिकेट विश्वकपमा अस्ट्रेलियाको इतिहास
टेस्ट क्रिकेटमा मात्र होइन, टी–२० क्रिकेटमा पनि अस्ट्रेलियाको त्यस्तै प्रभाव छ । विश्वकपको ९ संस्करण पूरा भइसक्दा क्रिजमा अस्ट्रेलियाको जर्सी हरेक संस्करणमा देखिएको छ । अस्ट्रेलियाले हरेक संस्करणमा प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको छ । अस्ट्रेलियाले एकपटक विश्वकप आफ्नो घर ल्याइसकेको छ । त्यसैगरी, विश्वकपमा कम्तीमा समूह चरण खेलेको छ ।
अस्ट्रेलियाले पहिलो संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सन् २००९ मा सम्पन्न दोस्रो संस्करणमा टिम समूह चरणबाटै बाहिरियो । फाइनलमा इङल्यान्डसँग सात विकेटले पराजित भएपछि, तेस्रो संस्करणमा अस्ट्रेलियाले उपविजेतामै चित्त बुझायो । सन् २०१२ र सन् २०१४ मा टिम सुपर–१० मै सीमित भयो ।
छैटौँ प्रयासपछि, भने अस्ट्रेलिया विश्वकप जित्न सफल भयो । टिमले युनाईटेड अरब इमिरेट्स (यूएई) र ओमानमा सन् २०२१ मा सम्पन्न विश्वकपमा न्यूजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै पहिलोपटक प्रतियोगिता जितेको हो । अस्ट्रेलियाले यसपछि भएका सन् २०२२ र २०२४ को संस्करणमा क्रमशः सुपर १२ र सुपर–८ माथि उक्लन सकेन ।
प्लेयर्स टू वाच
ट्राभिस हेड (ब्याटर)
यस संस्करण अस्ट्रेलियाका प्लेयर्स टू वाच हुन्, ट्राभिस हेड । हेड अस्ट्रेलियामा मध्येक्रमका बायाँहाते ब्याटर हुन् । राष्ट्रिय टिममा उनी बलियो र आक्रामक ब्याटरका रूपमा परिचित छन् । २२ वर्षकै उमरेमै सफल क्रिकेटरका रूपमा उदाएको उनको विस्फोटक ब्याटिङले अस्ट्रेलियाको जितमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यही शैलीले हेडलाई टिमका प्लेर्स टू वाच बनाउँछ ।
हेडले भारतविरुद्धको टी–२० शृखंला खेल्दै अस्ट्रेलियाबाट टी–२० अन्तर्राष्ट्रियतर्फ डेब्यु गरेका थिए । उनले टी–२० अन्तर्राष्ट्रियमा हालसम्म ४९ खेल खेल्दा एक हजार २२४ रन जोडेका छन् । यसक्रममा उनले पाँच अर्धशतक, १३२ चौका र ५७ छक्का प्रहार गरेका छन् ।
यस संस्करणमा अस्ट्रेलियालाई दोस्रो पटक विश्वकप दिलाउन हेडको इनिङ सार्थक बन्न सक्छ ।
एडम जाम्पा (बलर)
एडम जाम्पा यस संस्करण अस्ट्रेलियाका हेर्नलायक खेलाडी हुन् । जाम्पा अस्ट्रेलियाको बलिङ पंक्तिका सबैभन्दा चर्चित अनुहार हुन् ।
जाम्पाले दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृखंला खेल्दै अस्ट्रेलियाबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन् २०१६ मा डेब्यू गरेका थिए । उनले हालसम्म टी–२० अन्तर्राष्ट्रियमा १११ खेल खेल्दा १३९ विकेट लिएका छन् ।
आवश्यकताअनुसार स्पिन ‘फ्याँक्न’ सक्ने उनको क्षमताले उनलाई टिमका हेर्न लायक खेलाडी बनाउँछ । यस संस्करणमा विपक्षीको विशाल लक्ष्य रोक्न जाम्पाको बलिङ पर्खाल बन्न सक्छ ।
अस्ट्रेलियाको टिमबाट प्याट कमिन्स र जस हेजलवुड बाहिरिएका छन् । दुवैजना चोटका कारण टिममा नअटाएका हुन् । अस्ट्रेलियाको छनौट समितिले हेजलवुडलाई भने प्रतिस्थापन गरेको छैन । यसै कारण आज (फेब्रुअरी ११ ) मैदानमा आयरल्यान्डविरूद्ध उत्रिँदा अस्ट्रेलिया १३ जनाको विकल्पमा मात्रै सीमित हुनेछ ।
अस्ट्रेलियाको टिममा नाथन यलिस र एडम जम्पाको फिटनेसमा पनि समस्या देखिएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया