

नेपाली परम्परागत खानाले ‘मधुमेहको महामारी’ उल्ट्याउन सक्छ : अध्ययन





परम्परागत नेपाली खाना दाल–भातमा फर्किंदा पश्चिमी जंक फुडबाट उत्पन्न मधुमेहको महामारीबाट बच्न सकिने चिकित्सकहरूले बताएका छन् ।
नेपालमा ४० वर्षभन्दा माथिका प्रत्येक पाँच जनामध्ये एकजनामा टाइप २ मधुमेह देखिएको छ । यस्तो अवस्थामा उनीहरूका हजुरबा–हजुरआमाले खाने खाना खाए यसबाट बच्न सकिने नतिजाले देखाएको छ ।
नेपालमा मधुमेहको औषधि अधिकांश परिवारका लागि महँगो छ । टाइप २ मधुमेहले प्रायः मिर्गौला रोग, अंग काटिने, अन्धोपनजस्ता जटिलताहरू निम्त्याउँछ । नियन्त्रण नभएमा यो अल्पायुमै मृत्युको कारण बन्न सक्छ ।
काठमाडौंमा बस्ने चितिक्सक आशिष तामाङले भने, “धेरै परिवारका लागि मधुमेह केवल चिकित्सकीय अवस्था मात्र होइन, यो दीर्घकालीन सामाजिक तथा आर्थिक बोझ पनि हो ।”
काठमाडौंको एक अस्पतालमा गरिएको पाइलट अध्ययनमा ७० जना पुरानो मधुमेहका बिरामीहरूलाई क्यालोरी–नियन्त्रित परम्परागत खानामा राख्दा ४३ प्रतिशतलाई रोगबाट मुक्ति (रिमिसन) मिलेको पाइएको थियो । सहरनजिकका गाउँ तथा समुदायमा १२० जनामा गरिएको परीक्षणले पनि यस्तै आशाजनक नतिजा देखाएको छ ।
ग्लास्गो विश्वविद्यालयका मधुमेह तथा मानव पोषण विशेषज्ञ प्रोफेसर माइक लीनले भने, “यो अझै सुरुआती चरण हो । तर, चार महिनामा करिब आधा बिरामी मधुमेहमुक्त भएका छन् । औसत तौल घटेको मात्र ४–५ किलोग्राम छ ।”
यो विधिलाई अब व्यापक रूपमा लागु गरिँदै छ । ग्लास्गो विश्वविद्यालयको नेतृत्वमा धुलिखेल अस्पतालसँगको सहकार्यमा चार वर्षे अध्ययन भइरहेको छ । यसले उच्च जोखिममा रहेका व्यक्तिहरूमा टाइप २ मधुमेह लाग्नबाट रोक्न सक्छ कि सक्दैन भन्ने देखाउने लक्ष्य राखेको बताइएको छ ।
यो मधुमेहमा रगतमा चिनीको मात्रा बढी हुन्छ, जसको कारण शरीरले पर्याप्त इन्सुलिन हर्मोन उत्पादन नगर्नु वा उत्पादन गरेको इन्सुलिनले राम्रोसँग काम नगर्नु हो । यो प्रायः अतिरिक्त तौलले ट्रिगर हुन्छ ।
लीनले ०१७ मा बेलायतमा सुप र शेकजस्ता कम क्यालोरी भएका तौल घटाउने खानाले मधुमेह उल्टाएको देखाएका थिए । यो कार्यक्रम अहिले एनएचएसको मानक मधुमेह उपचारमा समावेश छ ।
त्यसपछि नेपालका चिकित्सकहरूले उनलाई सम्पर्क गरेर दक्षिण एसियाली देशमा यस्तो विधिले काम गर्छ कि गर्दैन भनेर सोधेका थिए । नेपालमा यो बेलायतभन्दा पनि बढी प्रभावकारी हुने उनको विश्वास छ ।
एसियाली मूलका मानिसहरूमा टाइप २ मधुमेहको आनुवंशिक प्रवृत्ति हुन्छ । यसका कारण “उनीहरूलाई मधुमेह लाग्न थोरै मात्र तौल बढ्न पनि काफी हुन्छ,” लीनले भने । तर यसबाट धेरै तौल नघटाई छुटकारा पाउन सकिन्छ ।
बेलायती बिरामीहरूलाई मधुमेह उल्टाउन १०–१५ किलो तौल घटाउनुपर्ने हुन सक्छ । “तर, नेपालमा यो आधा मात्र घटाउँदा पनि हुन्छ,” उनले भने, “यसले कामलाई धेरै सजिलो बनाउँछ ।”
टोलीले सस्तो तथा स्थानीय सामग्री प्रयोग गर्ने योजना बनायो । सहभागीहरूलाई आठ हप्तासम्म प्रतिदिन ८५० क्यालोरीको तौल घटाउने योजना पालना गर्न लगाइयो, जसमा सामान्यतया नास्तामा दही र फलफूल तथा मुख्य खानामा दाल–भात दिइन्थ्यो । त्यसपछि तौल कायम राख्न उच्च क्यालोरीको उही खानामा स्विच गरियो ।
स्क्रिनिङ क्याम्पहरूमा मधुमेह भएका वा उच्च जोखिममा रहेका व्यक्तिहरूलाई कप, नाप्ने गिलास र तौल गर्ने सामग्री दिइएको थियो । निश्चित भागको डाइट प्लान उपलब्ध गराएर उनीहरूलाई नियमित सहयोग समूह कक्षा (सपोर्ट ग्रुप सत्र)मा भाग लिन पनि निम्तो दिइएको थियो ।
यसको लक्ष्य समुदायमै हस्तक्षेप गर्ने थियो, जसका लागि चिकित्कको आवश्यकता पर्दैनथ्यो । नेपालको स्वास्थ्य प्रणालीको आधार बनेका महिला स्वयंसेवकहरूको सहयोगमा यो सम्भव भएको हो ।
परीक्षणका कागजातहरूमा यो योजनालाई अनुशासित (परम्परागत) खाने ढाँचामा जोड दिने, स्न्याकिङ तथा उच्च बोसो र चिनी भएका पश्चिमी प्रशोधित खानाबाट बच्ने उल्लेख छ ।
०२५ को एक अध्ययनले काठमाडौंका पसलहरूमा बिक्री हुने ८७ प्रतिशत प्याकेज्ड खानाले विश्व स्वास्थ्य संगठनको चिनी, बोसो र नुनसम्बन्धी सिफारिस सीमा नाघेको पाएको थियो ।
प्रो. लीनले भने, “यो कुनै रकेट साइन्स होइन । तर, यो कुनै पनि औषधिभन्दा धेरै प्रभावकारी छ । परम्परागत औषधिहरूले केही पनि गर्दैनन् ।”
उनले सहभागीहरूलाई ‘डबल मिल्ड’ सेतो चामलको सट्टा ब्राउन राइसमा फर्कन प्रोत्साहन दिए । सेतो चामलमा पोषक तत्व कम हुन्छ, भिटामिन बी–१ सहित जसले कार्बोहाइड्रेटसँग शरीरको व्यवहारमा भूमिका खेल्छ ।
प्रो. लीन नेपालमा टाइप २ मधुमेहको दर आकासिनुको मुख्य कारण पश्चिमी जंक फुड आयातलाई मान्छन् । उनले नेपालीसँग कुरा गरेका छन्, जसले आफ्नो गाउँमा पहिले साइकलमार्फत आएको सम्झन्छन् । त्यो साइकलमा मिठाई र सफ्ट ड्रिंक थिए । यातायात सुधारिएसँगै जंक फुड मोटरसाइकल, कार र भ्यानमार्फत आउन थाल्यो, अहिले त यो हरेक ठाउँमा छ ।
प्रविधिको विकासले काम कम शारीरिक बनाएकाले शारीरिक गतिविधि घट्नु पनि मधुमेह बढ्नुको अर्को कारण भएको अध्ययन टोलीले जनाएको छ । द गार्जियनबाट ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया