

निर्वाचन प्रहरीको तालिम सकियो, बन्दोबस्तीका सामान तयार भएपछि मात्रै फिल्डमा जाने



प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ ।
२१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पोशाक तयार भइनसकेका कारण फिल्डमा उत्रन अझै केही दिन लाग्नेछ ।
देशैभरी सञ्चालन गरिएको निर्वाचन प्रहरीको तालिम भने सकिएको छ ।
आगामी निर्वाचनमा ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन् । नेपाल प्रहरी ७५ हजार ५९७ जना परिचालन हुन्छन् । प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।
३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन हुन्छन् । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।
त्यस्तै १ हजार ९२१ गुप्तचर पनि परिचालन हुन्छन् । चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनमा खटिन्छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया