

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय



इरानको अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई ६ वर्षको जेल सजाय सुनाएको छ । सरकारविरोधी प्रदर्शनमा भाग लिएको आरोपमा उहाँलाई सजाय सुनाइएको उहाँका वकिल मुस्तफा निलीले बताउनुभयो ।
प्रचार गतिविधिको लागि डेढ वर्षको थप सजाय पनि तोकिएको छ । वकिलले स्वास्थ्य समस्याका कारण उहाँलाई उपचारका लागि जमानतमा रिहाइ हुनसक्ने आशा व्यक्त गर्नुभएको छ । ५३ वर्षीया मोहम्मदीलाई गएको २५ वर्षमा मृत्युदण्डको विरोध र महिला अधिकारको अभियानका कारण पटकपटक जेल चलान गरिएको छ । उहाँले पछिल्लो दशकको धेरैजसो समय जेलमा बिताउनुभएको छ ।
सन् २०१५ देखि पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा बच्चाहरूलाई पनि भेट्न पाउनुभएको छैन । जेलभित्र पनि उहाँ महिला अधिकारका लागि सक्रिय हुनुहुन्छ । मोहम्मदीले सन् २०२३ मा नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो तर जेलमा हुनुका कारण उहाँका छोराछोरीले पुरस्कार लिएका थिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया