

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा ६ वर्षको जेल सजाय

इरानको अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई ६ वर्षको जेल सजाय सुनाएको छ । सरकारविरोधी प्रदर्शनमा भाग लिएको आरोपमा उहाँलाई सजाय सुनाइएको उहाँका वकिल मुस्तफा निलीले बताउनुभयो ।
प्रचार गतिविधिको लागि डेढ वर्षको थप सजाय पनि तोकिएको छ । वकिलले स्वास्थ्य समस्याका कारण उहाँलाई उपचारका लागि जमानतमा रिहाइ हुनसक्ने आशा व्यक्त गर्नुभएको छ । ५३ वर्षीया मोहम्मदीलाई गएको २५ वर्षमा मृत्युदण्डको विरोध र महिला अधिकारको अभियानका कारण पटकपटक जेल चलान गरिएको छ । उहाँले पछिल्लो दशकको धेरैजसो समय जेलमा बिताउनुभएको छ ।
सन् २०१५ देखि पेरिसमा बस्ने आफ्ना जुम्ल्याहा बच्चाहरूलाई पनि भेट्न पाउनुभएको छैन । जेलभित्र पनि उहाँ महिला अधिकारका लागि सक्रिय हुनुहुन्छ । मोहम्मदीले सन् २०२३ मा नोबेल शान्ति पुरस्कार पाउनुभएको थियो तर जेलमा हुनुका कारण उहाँका छोराछोरीले पुरस्कार लिएका थिए ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया