

आज ‘चकलेट डे’ : चकलेट दिएर माया आफ्नो बनाउनुहोस्



आज प्रणय सप्ताहको तेस्रो दिन अर्थात् चकलेट-डे । भ्यालेन्टाइन सप्ताहको तेस्रो दिन अर्थात् फेब्रुअरी ९ मा चकलेट डे मनाइन्छ । रोज र प्रपोज डे पछि चकलेट आदानप्रदान गरेर यो डे मनाउँछन् ।
चकलेट बच्चादेखि वृद्धसम्मको प्रिय खानेकुरा हो । जन्मदिनको रमाइलो क्षणदेखि अन्य कुनै पनि विशेष समारोहमा चकलेट उपहारको रूपमा प्रयोग गरिन्छ ।
विशेष गरी यो फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म प्रेम दिवस मनाइने गरिन्छ ।
आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चकलेट दिएर खुसी बनाउन सकिन्छ । प्रेम सप्ताहको तेस्रो दिन आफूले माया गरेको मान्छेलाई पनि चकलेट दिने चलन छ । चकलेट जस्तै मिठो सम्बन्ध बनोस् भनेर यो दिन चकलेट साटासाट गरेर मनाइन्छ ।
सबै चकलेट स्वास्थ्यका लागि फाइदाजनक छन् भन्ने होइन, तर छानेर राम्रो गुणस्तरका चकलेट खाने हो भने यसले धेरै फाइदा गर्छ ।
यस्ता छन् चकलेटका फाइदाहरू
– चकलेटको सेवनले महिलालाई रजस्वलाको समयमा हुने पीडाबाट राहत दिनुका साथै गर्भवती अवस्थामा शिशुको विकासमा पनि सहयोग गर्छ ।
- शरीरमा देखिने कोलेस्ट्रोलको मात्रा कम गर्न चकलेट फाइदाजनक मानिन्छ ।
-चकलेटले छालामा निखार ल्याउँछ ।
– चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइने भएकोले मुटु रोग, क्यान्सरका साथै बुढेसकालमा लाग्ने रोगबाट बचाउन मद्दत गर्छ ।
– तथा र डिप्रेसनका बेला चकलेट सेवन गर्नु लाभदायक मानिन्छ ।
– डार्क चकलेटमा प्रशस्त एन्टिअक्सिडेन्ट पाइने भएकोले मस्तिष्कको कार्य प्रणालीमा सुधार आउँछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
– चकलेटमा पोटासियम र कपरको मात्राले हृदयाघात हुँदा मुटुको क्षमतालाई कायम राखी रक्तचाप कम गर्नुका साथै धमनी कठोर हुनबाट बचाउँछ ।
-चकलेट सेवनले खोकी कम गर्नुका साथै तनावबाट समेत राहत दिन्छ ।
चकलेटको इतिहास :
चकलेटको इतिहास करिब ५,३०० वर्ष पुरानो छ । जसको सुरुवात दक्षिण अमेरिकाको इक्वेडरमा मायो-चिन्चिपे संस्कृतिले ककाओको प्रयोगबाट गरेका थिए ।
यसलाई पहिला पेय पदार्थको रूपमा माया र एजटेक सभ्यतामा ‘ईश्वरको पेय’ मानिन्थ्यो । १५२८ मा स्पेनीहरूले युरोप भित्र्याएपछि, १८औँ-१९औँ शताब्दीको औद्योगिक क्रान्तिले यसलाई ठोस र गुलियोमा परिणत गर्यो । विभिन्न एजेन्सीको सहयोगमा


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया