

आजदेखि अण्डाको भाउ घट्यो



आजदेखि अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो ।
नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय ७५ रुपैयाँ र मझौलाको ३ सय ३५ रुपैयाँ कायम भएको छ ।
यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौलाकाे ४ सय ५ रुपैयाँ तोकिएको थियो । माघ ११ गते ठूलो अण्डाकाे ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ पुगेको थियो । गएको मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेटकाे ५ सय ६५ रुपैयाँ र मझौलाको ५ सय ५० थियो ।
सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया