

टी–२० विश्वकप : नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित



आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नाे पहिलाे खेलमा इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएकाे छ ।
इङ्ग्ल्यान्डले दिएकाे १ सय ८५ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्याे । नेपालका दीपेन्द्रसिंह ऐरीले ४४, कप्तान राेहितकुमार पाैडेल र लाेकेश बमले समान ३९ रन बनाए । इङ्गल्यान्डका लायम ड्वासनले २ विकेट लिए ।
यसअघि भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनायाे । इङ्ग्ल्यान्डका ज्याकब बेथेलले ५५, कप्तान ह्यारी ब्रूकले ५३ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २/२ विकेट लिए । प्रतियाेगितामा दुवै टाेलीकाे याे पहिलाे खेल हाे ।
यसअघि आजै भएकाे पहिलाे खेलमा अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्डले विजयी शुरुआत गरेकाे छ । यस्तै आजकाे तेस्राे खेलमा बेलुकी सवा ७ बजे श्रीलङ्का र आयरल्यान्ड खेल्दैछन् ।
प्रतियोगितामा २० वटा टोली सहभागी छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो । समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् ।
हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।१०औँ संस्करणकाे टी–२० विश्वकपकाे फाइनल खेल आउँदाे मार्च ८ मा हुनेछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया