

रुपन्देहीसहित १० जिल्ला न्यायाधीशको गरियो सरुवा



न्याय परिषदले १० जिल्ला जना न्यायाधीशहरूको सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।
परिषदले बाराका न्यायाधिश भोलानाथ ढकाललाई न्याय परिषदमा, काठमाडौंका न्यायाधीश प्रकाश कुमार अधिकारीलाई बारा अदालतमा, काठमाडौंका न्यायाधीश मदन बहादुर धामीलाई न्याय परिषदमा, मोरङक न्यायाधीश बाबुराम सुवेदीलाई बारा अदालतमा, काठमाडौंका न्यायाधीश ढाकाराम पौडेललाई ललितपुर अदालतमा, रौतहटका न्यायाधीश बिमला रेग्मीलाई काठमाडौं अदालतमा. रुपन्देहीका न्यायाधीश नारायण सापकोटालाई काठमाडौं अदालतमा, दाङकी न्यायाधीश प्रतिमा कुमारी पोखरेललाई काठमाडौं अदालतमा, कैलालीका न्यायाधीश हरिसिद्धि धामीलाई रौतहट अदालतमा र धनुषाका न्यायाधीश अनुपमा पन्तलाई न्याय परिषदमा सरुवा गरेको छ ।
त्यस्तै, परिषदले २० जिल्ला न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया