

लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी नेकपाबाट निष्कासित



बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध पार्टी निर्देशन विपरीत उम्मेदवारी गर्दा गरेको तथा सो कार्यमा सघाएको आरोपमा उनीहरुलाई कारबाही गरिएको हो ।
आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ, पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ ।
पर्नेमा केसी सहित, हरिबोल गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), मेजर राई (उदयपुर),धर्मनाथ साह (सिराहा), राजकुमारी साह ()सिराहा, जिवछ साह (सिराहा) रहेका छन् । लुम्बिनीका पूर्व मुख्यमन्त्री कुलप्रसादसहित सात नेता नेकपाबाट निष्कासितदाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया