

आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै



काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।
समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। उता, नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै बलियो सुरुवात गरेको छ।
महिला टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा रहेको छ भने नेपाल २१औं स्थानमा छ। नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म तीन पटक टी–२०आई खेल भएका छन् र ती सबै खेलमा नेपाल पराजित भएको छ ।
समूह चरणबाट अघिल्लो चरणमा प्रवेश गर्न नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नैपर्ने दबाबमा छ। नेदरल्यान्ड्स भने अब एक जित हासिल गरेसँगै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ।
नेपाली टोलीः
इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया