



आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ ।
समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। उता, नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गर्दै बलियो सुरुवात गरेको छ।
महिला टी–२० अन्तर्राष्ट्रिय वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा रहेको छ भने नेपाल २१औं स्थानमा छ। नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म तीन पटक टी–२०आई खेल भएका छन् र ती सबै खेलमा नेपाल पराजित भएको छ ।
समूह चरणबाट अघिल्लो चरणमा प्रवेश गर्न नेपालले बाँकी तीन खेलमध्ये कम्तीमा दुई खेल जित्नैपर्ने दबाबमा छ। नेदरल्यान्ड्स भने अब एक जित हासिल गरेसँगै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ।
नेपाली टोलीः
इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया