

चुनाव लड्नेबारे अहिलेसम्म निर्णय लिएको छैन : सञ्चारमन्त्री खरेल



सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नेसम्बन्धी कुनै निर्णय नगरेको बताएका छन् ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने वा नबन्ने भन्नेबारे कुनै निर्णय लिइ नसकेको जानकारी दिए ।
केही दिनयता राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिने चर्चा चलेको थियो । तर यसलाई मन्त्री खरेलले भने हालसम्म कुनै निर्णय नलिइसकेको भन्दै अस्वीकार गरे ।
‘मैले अहिलेको मितिसम्म चुनाव लड्ने अथवा नलड्ने भनेर सार्वजनिक रुपमा भनेको पनि छैन । निर्णय पनि गरेको छैन । अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउँला,’ उनले भने ।
मन्त्री खरेलले यसबारे अर्को नियमित पत्रकार सम्मेलनमा जानकारी गराउने पनि स्पष्ट पारे ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया