
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिने बताएका छन् । गृह जिल्ला बर्दियाको क्षेत्र नम्बर १ का मतदातासँग शनिबार बिहान भएको भेटघाटमा गौतमले यो जानकारी दिएका हुन् ।
उनले आगामी प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ बाट उम्मेदवार बन्ने भएकाले राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन लागेको बताए । त्यसका लागि शनिबार नै काठमाडौं फर्किन लागेको उनले बताए ।
एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतम २०४८ सालदेखि नै बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका थिए । २०७० सालमा गौतमले प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ मा गौतम बर्दिया–१ बाट चुनाव लडेका थिए । तर चुनाव जित्न भने सकेनन् । उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए ।
त्यसपछि बर्दिया १ बाट चुनाव नलडेका उनी अहिले पुन: सो निर्वाचन क्षेत्रमा चुनाव लड्ने भन्दै मतदाता भेटघाटमा सक्रिय हुँदै आएका छन् ।
उनी २०७७ साल असोज १ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । गौतमसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ । कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्य निर्वाचन हुँदैछ ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया