

कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन





काठमाडौं | चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सभापति पदमा वर्तमान महामन्त्री गगनकुमार थापाको मात्रै मनोनयन परेको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनअन्तर्गत मंगलबारदेखि जारी मनोनयन दर्ता कार्यक्रम बुधबार बिहान सकिँदा सभापतिमा गगनले मात्रै उम्मेदवारी दिएका हुन् ।
उता महाममन्त्री पदमा नेताहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । शर्मा वर्तमान महामन्त्री हुन् । उता प्रदीप पौडेले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका थिए ।
सहमहामन्त्री पदमा बागमतीका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दिएको जानकारी प्राप्त भएको छ। अहिलेसम्म निर्वाचन समितिले पदाधिकारीतर्फ कुन पदमा अरू कस-कसले मनोनयन दर्ता गराए खुलाएको छैन । मनोनयन दर्ता सकिएसँगै अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशनलाई मतदान प्रक्रियामा लैजाने तयारी गरेका छन् ।
तर सकेसम्म सबै निर्वाचित कमिटीलाई सर्वसम्मत गराउने तयारी पनि भइरहेको छ । त्यसकैका लागि निर्वाचन समितिले उम्मेदवारी दिएकाहरूलाई फिर्ताको मञ्जुरीनामामा पनि सही गराएर मात्रै मनोनयन दर्ता गराइरहेको छ ।
विशेष महाधिवेशन आयोजकले पदाधिकारीसहितको केन्द्रीय कार्यसमितिलाई सर्वसम्मत बनाएर निर्वाचन आयोगमा जाने तयारी गरिरहेको छ ।


खबर सबै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?











प्रतिक्रिया