एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो

नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुगेको छ। यसअघि पुस १३ गते प्रतितोला तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुनको भाउ २ लाख ६७ हजार ८०० कायम भएको थियो। आज सुनको मूल्य शुक्रबारको तुलनामा २८ सय रुपैयाँले बढेको हो।

आज सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। प्रतितोला चाँदीको भाउ ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ७८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

खबर सबै