शीतलहरले सडक चिप्लिँदा दाउन्नेमा सोमबारदेखि यात्रुहरु अलपत्र !

बुटवल । शीतलहरले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक जाम भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सडक चिप्लो भएपछि सोमबार साँझदेखिनै सवारीको लामो जाम रहेको छ ।

दाउन्ने पहाडको उकालो र ओरालोमा शीतलहरले बाटो भिज्दा गाडी चिप्लिएर चल्न सकेका छैनन् । सोमबार साँझदेखिनै यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । सठक चिप्लो भएपछि सडकमा मालबहाक साधन तथा ठूला सवारीका साधन ठप्पहुँदा साना सवारीका साधनहरु समेत अवरुद्ध हुन पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।

निर्माणाधीन बुटवल नारायणगढ ११४ किलोमिटर सडकको अन्य ठाउँमा सहज भए पनि दाउन्नेमा अझै काम बाँकी छ । दाउन्नेमा वान वे बनाएर काम गर्दा ओभरलोड गाडी बिग्रिने समस्या भएको छ ।

प्रतिक्रिया

खबर सबै