

राप्रपा कपिलवस्तुको मायादेवीमा अधिवेशन : अध्यक्षमा मङ्गल यादव निर्वाचित


कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मायादेवी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अधिवेशन सम्पन्न भएको छ । पकडीमा भव्य रूपमा सम्पन्न अधिवेशनबाट मङ्गल यादवको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
अधिवेशनले उपाध्यक्षमा राजकुमार चौधरी, सचिवमा जितबहादुर धोबी, कोषाध्यक्षमा ओम प्रकाश पासवनलाई निर्वाचित गरेको छ । यस्तै सदस्यहरूमा रामवृक्ष यादव, जितेन्द्र उपाध्याय, धर्मदास रैदास, नजरे आलम, राम मिलन खरविन्द, अल्गु चमार, भरतराम चमार, चन्द्रमुनि पासी, जितेन्द्र रैदास, फुलमती यादव, सरिता केवट, सलीम मुसलमान, भिक्खी चौधरी, प्रमोद मिश्रा र पारसनाथ कुर्मी चौधरी रहनुभएको छ । भव्य रूपमा सम्पन्न सोही अधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र जसपा परित्याग गरि ५३ जना नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राप्रपाका केन्द्रीय सदस्य ध्रुवबहादुर रायमाझीले जेनजी आन्दोलनपछि देश गम्भिर संकटमा रहेको बताउनुभयो ।
उहाँले यस्तो विषय परिस्थितिमा संविधान ब्युँताएर मुलुकलाई थप दुर्घटनामा लाने भन्दा पनि नयाँ समझदारी गर्नुपर्ने बताउनुयो । उहाँले जेनजी आन्दोलन चरम कुशासन र बेरोजगारीको पृष्ठभूमिमा आक्रोश व्यक्त भएको बताउनुभयो । सरकार, दलहरू र पूर्व राजासहित नयाँ समझदारी गरेर देशलाई निकास दिनुपर्ने उहाँको भनाई छ ।
शत्रुधन विलास चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रमोद मिश्रा, जिल्ला अध्यक्ष नारायणबहादुर सिंह, लुम्बिनी प्रदेश कोषाध्यक्ष श्रीकृष्ण पौडेल, प्रदेश सदस्य देवेन्द्र किरण श्रीवास्तव, कनिज फातिमा रङरेज, जिल्ला उपाध्यक्ष ईदृश मुसलमान, चन्द्रमणि भण्डारी, जिल्ला प्रवक्ता एवं निर्वाचन समिति सदस्य भूमिराम गिरी, क्षेत्र नं. १ का क्षेत्रीय कावा अध्यक्ष जीवन सुवेदी, क्षेत्र नं. १ ‘क’ का प्रदेश अध्यक्ष डिल्लीराम शर्मा, कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष अमेरिका कुर्मी, सुद्धोधन गाउँपालिकाका अध्यक्ष विजय पाण्डे लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमका अन्य वक्ताहरुले अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष मङ्गल यादवसहित सम्पूर्ण गाउँपालिका कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया