

एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त


राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज उपाधि निर्णयको चरणमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलले एक टोलीको अधुरो सपना पूरा गर्ने र अर्कोको पुनरागमनको कथा लेख्नेछ ।
फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र अघिल्लो संस्करणमै लिग चरणबाट बाहिरिएको लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । दुवै टोली विराटनगर किंग्सलाई पराजित गर्दै फरक–फरक बाटो हुँदै उपाधि नजिक पुगेका हुन् ।
पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा सहज बनाएको थियो ।
त्यसैगरी, दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनीले आफ्नो पुनरागमनलाई ऐतिहासिक अवसरमा रूपान्तरण गरेको हो ।
कप्तान दिपेन्द्रसिंह ऐेरीको नेतृत्वमा रहेको सुदूरपश्चिम यस संस्करणको सबैभन्दा सन्तुलित र स्थिर टोलीका रूपमा देखिएको छ । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले चुक्नुपरेको पीडा बोकेको सुदूरपश्चिम यसपटक त्यो अभाव मेट्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।
विपरीत ध्रुवमा, रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सका लागि यो फाइनल पुनर्जन्मजस्तै अवसर हो । अघिल्लो संस्करणको निराशाजनक प्रदर्शनपछि लुम्बिनीले यसपटक आफूलाई उपाधि दाबेदारको रूपमा स्थापित गरेको छ । यद्यपि, लिग चरणमा सुदूरपश्चिमसँग ७ विकेटले पराजित भएको स्मृति उसका लागि चुनौती बनेको छ ।
प्रतिष्ठासँगै आर्थिक प्रलोभन पनि फाइनलसँग जोडिएको छ । प्रतियोगिताको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रोले २५ लाख र चौथो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी थिए । आजको फाइनल खेलले दोस्रो एनपिएलको सम्पूर्ण यात्रा र नेपाली घरेलु क्रिकेटको अर्को अध्यायलाई टुंग्याउनेछ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया