
कपिलवस्तु–१ मा कांग्रेसबाट तीन युवा नेताको नाम प्रत्यक्ष तर्फ सिफारिस

आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नं. १ कपिलवस्तुले प्रत्यक्ष तर्फका लागि ३ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ को मंसिर २१ गते बसेको बैठकले नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं. १ बाट ३ जनाको नाम सिफारिस गरेको छ ।
नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले कपिलवस्तु क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा संघीय निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको जानकारी दिए । खाँले युवा नेता आशिष शर्मा, अर्का युवा नेता खुम बहादुर ठकुरी (शक्ति) र धुब्र नेपालको नाम सिफारिस गरिएको बताए । नाम सिफारिस भएका युवा नेता आशिष शर्मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् । गत महाधिवेशनमा शार्माले क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि तर्फ सबैभन्दा धेरै मत प्राप्त गरेका थिए । पहिलो नम्बरमा नाम सिफारिस भएका शर्मा सफल व्यवसायीका रुपमा कपिलवस्तु जिल्लामा युवा माझ लोकप्रिय छन् ।
यस्तै गरी अर्का युवा नेता खुम बहादुर ठकुरी (शक्ति) नेपाल तरुण दल कपिलवस्तुका जिल्ला सभापति र नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सचिव हुन् । यसैगरी धुब्र नेपाल नेपाली कांग्रेसका नेता हुन ।
क्षेत्रिय कार्य समिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि को संयुक्त बैठकले प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य पदको लागि नेपाली कांग्रेस को विधान, २०१७ (संशोधन सहित) को धारा ३०, धारा ३२ (८) क, धारा ३२ (९) के, धारा ३३ र धारा ६९ बमोजिम उम्मेदवारी सिफारिस गरेको नेपाली कांग्रेसका क्षेत्रीय सचिव विजय खनालले जानकारी दिए ।
यसैगरी बैठकले समानुपातिक समावेशी समुह तर्फ मुस्लिम समुहबाट युवा नेता वजीद अरसद, खस–आर्य समुह तर्फबाट पुराना नेता कमलेश कुमार शर्मा, हिमलाल पौडेल, हरिराज घिमिर, लोकराज गिरी, विमला गैरे, इन्दिरा भट्टराईलाई सिफारिस गरेको छ । त्यसैगरी आदिवासी जनजाती समूहतर्फ ललित गुरुङ, गोविन्दी थारु र मधेशी समुहतर्फ सुरेश शर्मा, चर्तुभुजी मणि त्रिपाठी, विसम्भर कुर्मीको नाम सिफारिस भएको छ ।
थारु समुहतर्फ पूर्ण प्रसाद चौधरी, राम शंकर थारु, तारा थारु र दलित समुह लक्ष्मी नेपाली (दर्जी) को नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्य पदमा अन्य समुह तर्फको सदस्यमा कांग्रेस नेता जैसराम यादव, कांग्रेस कपिलवस्तुका पूर्व जिल्ला सभापति राजेश आचार्य, बाणगंगा नगरपालिकाका पूर्व मेयर कांग्रेस नेता मंगल थारु, कांग्रेस नेता सोहरत तेलीको नाम सिफारिस भएको छ ।
यसैगरी महिला समुह तर्फको सदस्यमा सुमित्रा शर्मा र अपांगता भएको व्यक्ती वा अल्प संख्यक समुह तर्फका सदस्यमा कृष्ण प्रसाद न्यौपानेको नाम सिफारिस गरी नेपाली कांग्रेस कपिलवस्तुलाई नाम सिफारिसका लागि पत्राचार गरिएको साथै नेपाली कांग्रेस लुम्बिनी प्रदेश र नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा बोदार्थ पठाइएको क्षेत्रीय सचिव खनालले जानकारी दिए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया