

पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस




काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमितिले पाल्पा निर्वाचन क्षेत्र नम्बर १ का लागि रानाको नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय सभापति झमनराज मगरले प्रत्यक्षतर्फको उम्मेदवारका लागि रानाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए । कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले क्षेत्र नम्बर १ बाट रानाको नाम एकल सिफारिस गरिएको पुष्टि गरे ।
कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभाका लागि समनुपातिक र प्रत्यक्षतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहतलाई परिपत्र गरेको थियो ।
बैठकले पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर २३ मंसिरभित्र जिल्ला कार्यसमितिमा (एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको हकमा) पठाउने भनिएको छ ।
नाम सिफारिस गर्ने बैठकमा सहमति भए सहमतिबाट र सहमति हुन नसके बहुमतबाट निर्णय गर्नु पर्ने परिपत्रमा उल्लेख छ ।
परिपत्रअनुसार एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भएर आएका नाममा आफ्नो रायसमेत उल्लेख गरी जिल्ला कार्यसमितिलाई २५ मंसिरभित्र प्रदेश कार्यसमितिमा पठाउनु पर्नेछ ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रक्रिया पुर्याएर बैठक बसी आफ्नो रायसमेत उल्लेख गरेर जिल्ला कार्यसमितिले २५ मंसिरभित्र उम्मेदवारको नाम प्रदेश कार्यसमितिमा पठाउनु पर्ने परिपत्रमा भनिएको छ ।
प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रमा पठाउन परिपत्रमार्फत् निर्देशन दिइएको छ ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया