
कपिलवस्तु महोत्सवको १६ औं संस्करणः वेयलफेयरमा युवा जोस, नयाँ सोच र भव्यतामा रंगिन हुने तयारी

पुर्णचन्द्र परियार, जीतपुर | महोत्सवको १६ औं संस्करण सम्म आईपुग्दा यी दुई सारथीहरुका नेतृत्वमा सायदै चर्चामा रहन्छ । जिल्लाकै पहिचान सहित क्षेत्रगत हिसावले पनी चर्चामा रहदै आएको कपिलवस्तु महोत्सव २०६५ सालबाट शुरुवात भएको हो ।
यी महोत्सवलाई वेयलफेरले आयोजना गर्दा दर्शकको ध्यान तान्नेगरि हरेक आयोजनामा फरक पन दिन यी सारथीले नयाँ सोच का साथ काम गर्ने भएको ले सवैमा उत्साह समेत छाउने गर्दछ ।
बाणगंगा वेयलफेयर सोसाईटी भन्दा अगाडी बाणगंगा स्पोट्स एण्ड सोसायीटी वाट यस भेगका खेलको प्रतिभा जर्गेना गर्दै खेलाडी उत्पादनमा महत्वपुर्ण सावित , निरन्तर कला संस्कृति संरक्षण, का साथै महत्वपुर्ण दिवसमा वेयलफेरको भुमीका मा देखिने यी जोडि समाजमा आर्थीक नैतिक जिम्मेवारीबाट समेत कहिले चुकेनन् ।
बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा “कृषि उद्योग पर्यटन तथा खेलकुदमा लगानी ः युवाको हातमा सुनौलो विहानी ”भन्ने मुल नाराका साथ चार नम्बर जितपुर स्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको महोत्सवले यस क्षेत्रकै ध्यान तानेको छ ।
विद्यार्थी जीवन संगै निरन्तर सामाजिक अभियानमा अभियान्ता बनेका यी मध्येका एक पात्र हुन महोत्सवका निर्देशक एवं वेयलफेयरका महासचिव बुद्धि बहादुर रोका ( दिनेश) आगामी महोत्सव विगत भन्दा पृथक भव्य र विकासमुलक बनाउन विभिन्न क्षेत्रको कला, संस्कृति जर्गेना, कृषि पर्यटन र व्यवसायीक प्रर्वद्धन आयोजक बाणगंगा वेयलफेयर सोसाईटिका महासचिव दिनेश क्षेत्रीले बताएका छन ।

उनी संगै सहयात्रामा नेत्रित्वदायी भुमीकाका पात्र हुने वेयलफेयरका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खाँण उनी सातौ कपिलवस्तु महोत्सवमा कार्यवाहक अध्यक्षबाट महोसंवको संयोजकको जिम्मेवारी सम्हालेका थिए । महोत्सवको सर्वाधिक संयोजक अर्थात नेतृत्व गर्ने अवसर समेत उनले चुकाएका छ्रैनन् । हाल वेयलफेयरको आयोजनामा सातौ पट्क महोत्सव लागि रहदा उनले सातौ नवौं , एघारौ, चौधौ र सोह्रौ गरि ५ पट्क नेतृत्व गर्दैछन् । ७ वर्ष कोरिया बसेर आफ्नै मात्रृभुमीमा केही गर्ने हुटहुटीका साथ फर्केका खाँण क्लवको नेतृत्वमा शालिनता ,हसिलो शैली र काम गर्नेलाई प्रोत्साहन गर्दै काम गर्ने अनि कुरा गर्ने भन्ने मान्यता राख्छन् । उनी नेतृत्व पावरमा क्षमतावान भएकै कारण फौजी शैलीको चेन अफ कमाण्ड जस्तै कमाण्डीङ्ग गर्नु उनको विशेषता भएको क्लवका सदस्यहरुको ठम्याई छ । उनको नेतृत्वमा सवै सदस्यहरु अडिग छन् ।
यस पट्कको महोत्सवले उद्यमशिलता व्यवसायिक तथा कृषि क्षेत्रको प्रर्वद्धन, कृयाशिल लघु , मझौला तथा ठुला उद्योगहरुको प्रचार प्रसार, यस क्षेत्रका धार्मिक पर्यटकिय क्षेत्रको प्रर्वद्धन, लागु औषध विरुद्धमा सहयोग गर्ने लगाएतका उदेश्य रहेको खाँण बताउछन् ।
महोत्सव सवैको साझा भएको हुदा सवैको अपनत्वहुने गरि व्यवस्थापन सहित जिल्लाको पहिचान बोकेको महोत्सव बनाउन सवैले हातेमालो गर्नुपर्ने वेलफेयर सोसाईटीका अध्यक्ष एवं महोत्सवका संयोजक राज कुमार खाँणले बताए । महोत्सवका विगतका अनुभव र साझा सरोकारका विषय सहित महोत्सवलाई प्रभावकारी बनाउन चरणमाबद्ध काम भैरहेको बताए ।
महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सवमा रहने जनाईएको छ । महोत्सवमा संघ संस्था समन्वय, डान्स आईडलको अडिसन,स्टलको काम अव शुरु हुने , छपाई तथा प्रचार प्रसार , सरोकारवाला निकायसग छलफल तथा अन्र्तरक्रिया, लगाएतका कामहरु भैरहेको आयोजकले जनाएको छ । यसपाली महोत्सवमा फिस,टनेल जलपरि देखि विभिन्न रोचक दृश्यहरु रहने छपाई संयोजक गोविन्द आचार्यले बताए ।
महोत्सवमा वेलफेयरले विगतमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस्लिङ्ग प्रर्दशन , कपिलवस्तुको आकासमा घण्टौ हेलिकप्टर उडाएर महोत्सवका दर्शक तथा अतिथिहरुलाई हेलिकप्टरबाट पुष्प वर्षाले स्वागत लगाएतका पृथकता ल्याएका थिए । जसमा महोत्सव अवलोकन गर्नेहरु सस्तो मुल्यमा आफ्नै भुमीमा हेलिकप्टर सयर गर्नुले पनी चर्चा बटुलेको थियो । यसपाली पनी फरकपन दिनेगरि आयोजक लागि परेको बताईएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया