

योग पार्क भर्तापुरमा सामुदायिक वनले संचालनमा ल्यायाे “खुल्ला व्यायमशाला”





स्वास्थ जीवन र तन्दुरुस्त शरीरका लागि व्यायम जरुरी
योग पार्क भर्तापुरमा सामुदायिक वनले संचालन गर्याे खुल्ला व्यायमशाला
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित झरना योग पार्कमा खुला ब्यामशाला स्थापना गरि उद्घाटन गरिएको छ । भर्तापुर स्थित अमृते सामुदायिक वन उपभोक्ता समुहले निर्माण गरेको उक्त व्यायमशालाको आइतबार बिहान उद्घाटन गरिएको हो ।
सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्रको उक्त स्थानलाई रमणीय र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य सहित योग पार्क निर्माणलाई जोड दिएको छ । वार्षिक वनको वजेटबाट यो पार्कमा विभिन्न संरचनाहरु हरेका वर्ष निर्माण हुदै गएका छन । सोही अनुसार यस पटक वनको बजेट र कार्यक्रम अनुसार खुला व्यायमशाला स्थापना गरि संचालनमा ल्याइएको सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले जानकारी दिएका छन । अमृते सामुदायिक वन उपभोक्ता समुहले निर्माण गरेको यो व्यायमशालामा ८ प्रकारका व्यायम सामग्री जडान गरिएको छ । विशेष गरी शरीरलाई फिटनेस बनाउन उपयोगी मानिने ट्रेडमील, एक्र्ससाइज साइकल, क्रस ट्रोनर, बडी ट्वाइस्टर, सिट अप बेन्च, स्काइ वाकर, मंकीबार, डबल चेष्ट प्रोसेस जस्ता व्यायम उपकरण राखिएको छ ।
आइतबार बिहान एक संक्षित कार्याक्रमका बीच उक्ता खुला व्यायमशालाको वडा नम्रब ९ का वडा अध्यक्ष कमल पौडेलको उपस्थितिमा उद्घाटन गरिएको हो । व्यायमशालाको उद्घाटन गर्दै वडा अध्यक्ष पौडेलले मानिसलाई स्वस्थ, तन्दुरुस्त र आरामदायिक जीवनशैलीमा जीवनयापन गर्न योग अनिवार्य भएको भन्दै अमृते सामुदायिक वन उपभोक्ता समुहले खुला व्यायमशाला संचालन गर्नु निकै राम्रो काम रहेको बताए । उनले यो खुला व्यायमशालाको उचित सदुपयोग गरि आफ्नो दैनिक जीवनलाई स्वस्थ र तन्दुरुस्तीपूर्ण बनाउन पनि आग्रह गरेका छन् । राम्रा र जीवनउपयोगी धेरै पूर्वाधारको विकास गरी योग पार्कलाई पनि अझै विकास गरीने बताए ।

यस्तै अमृते समाुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले योग पार्कको विकास गर्न वनले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको भन्दै यसलाई अझै सुन्दरीकरण र पुर्वाधारको विकास गरिने बताएका छन् । सामुदायिक वनसँगै राज्यका अन्य निकायले पनि योग पार्कको विकासमा बजेट तथा कार्यक्रम समावेश गरेमा यहाँ अझै राम्रो र सुन्दर पार्क स्थापना हुने उनले विश्वास व्यक्त गरे । अहिले सामुदायिक वनले खुला व्यायमशाला स्थापना गरेको भन्दै उनले यसको संरक्षणसँगै उचित सदुपयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रममा अमृते सामुदायिक वन उपभोक्ता समुहका कार्यसमितिका पदाधिकारीहरु, स्थानीय समाजसेवीहरु, स्थानीय लगाएतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया