

७० किलोमिटर लामो साइकल यात्रा, ४ सय बढीलाई बाणगंगा नगर घुमाउने राईडर्स क्लवको तयारी


कपिलवस्तु | कपिलवस्तुमा पहिलो पटक पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि बृहत साइकल राइडिङ् कार्यक्रम हुने भएको छ । बाणगंगा राइडर्स क्लव कपिलवस्तुको आयोजनामा यहि कात्तिक २९ गते प्रथम बाणगंगा साइकल यात्रा गरिने भएको हो । यस बारेमा आयोजकले शनिबार चारनम्बर जितपुरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
“स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवद्र्धन” भन्ने मूल नाराका साथ बाणगंगा राईडर्स क्लब कपिलवस्तुले पहिलो बाणगंगा साइकल यात्रा–२०८२ आयोजना गर्ने तयारी भइरहेको र यसमा सबैको सहयोग आवश्यक रहेको जनाएको छ। क्लबले आगामी कार्तिक २९ गते शनिबारका दिन बाणगंगामा विशेष साइकल यात्रा सञ्चालन हुने र यो यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित करिब ४ सय साइकलयात्रीहरु सहभागि हुने जानकारी गराएको छ ।
२०८० सालमा स्थापना भएको क्लबले स्थानीय स्तरमा साइकल संस्कृतिको प्रवद्र्धन गर्दै स्वास्थ्य, वातावरण र पर्यटनका पक्षमा जनचेतना फैलाउँदै आएको छ। क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार हाल देशमा वायु प्रदूषण र ऊर्जा संकट बढ्दै गएको सन्दर्भमा साइकल प्रयोगलाई प्रोत्साहन दिँदै स्वस्थ र वातावरणमैत्री जीवनशैली अंगाल्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।
यस्तै उक्त कार्यक्रमका कार्यक्रम संयोजक विष्णु प्रसाद घिमिरेले साइकल यात्रामा कपिलवस्तुका विभिन्न ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू अवलोकन गराउँदै स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्य रहेको जानकारी दिएका छन् । कार्यक्रममा कपिलवस्तु जिल्लाका साथै आसपासका जिल्लाका साइकल प्रेमीहरूको सहभागिता रहने जनाइएको छ भने यो यात्रामा विश्वा साइकल यात्री पुष्कर शाहसहित मुस्ताङ्को घरपजोङ गाउँपालिकाबाट पनि यात्रीहरु सहभागी हुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा क्लबले साइकल यात्रा तयारीलाई तिव्र पारेको र सहभागिताका लागि सबैमा आह्वान समेत गरेको छ। साथै, साइकल प्रयोगलाई जीवनशैलीको हिस्सा बनाउन र स्वच्छ वातावरण निर्माणमा सहयोग पुगोस् भन्ने अपेक्षा गरिएको छ। कार्यक्रम संयोजक घिमिरेका अनुसार यो कार्यक्रममा देशभरबाट ४ सय जना सहभागी हुने छन भने साइकल यात्राको दुरी कुल ७० किलोमिटर रहने छ । यो यात्रा कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रका एघारैवटा वडा भित्रका मुख्य मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्रमा राखेर गरिने छ । कात्तिक २९ गते बिहान ७ बजेबाट यात्रा प्रारम्भ भई साँझ ५ बजे सक्ने लक्ष्य राखिएको छ । यो यात्रामा साइकल राइडरर्स बनेर सहभागि हुन इच्छुक व्यक्तिले रु. एक हजार रकम तिरेर टिकट लिन सक्ने छन् । सहभागिहरुलाई यहाँका विभिन्न पर्यटकीय स्थलहरुमा अभिनन्दन, खाजा र एनर्जी ड्रिङ्सको व्यवस्थापन आयोजकले मिलाउने गरी तयारी गरेको जनाएको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया