



चार जना मन्त्री बन्दै, आजै शपथ

प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। चार जना मन्त्रीको नाम तय भएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन्।
त्यस्तै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतले जानकारी दिएको छ। चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने पनि स्रोतले जानकारी दियो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न लागेका गणपतिलाल श्रेष्ठ सम्पदा अभियानी हुन्। उनी लामो समयदेखि काठमाडौं उपत्यकालगायत सांस्कृतिक क्षेत्रहरूको मौलिक सम्पदाहरूको संरक्षण, सम्बर्द्धन र जगेर्नाका क्षेत्रमा क्रियाशील रहँदै आएका छन्।
खगेन्द्र सुनार अभियानी हुन्। उनी विशेष गरेर दलित हकहित र अधिकारका क्षेत्रमा क्रियाशील छन्। छुवाछूतजस्ता सामाजिक कुप्रथाका विरूद्ध पैरवी गर्दै आएका सुनार माइतीघर मण्डलमा नेलसहित प्रदर्शन गरेर चर्चामा आएका थिए।
बब्लु गुप्ता पनि अभियानी नै हुन्। उनी परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्।

खबर सबै
-
चार जना मन्त्री बन्दै, आजै शपथ
-
आगलागीका घटना बढ्न थाले, सावधानी अपनाउन आग्रह
-
चिच्याएर वर माग्ने सत्यवती मेलामा यसवर्ष पनि महाजोग
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालले आज अमेरिकासँग खेल्दै
-
छठ पर्वको दोस्रो दिन आज ‘खरना’ गरिँदै
-
ऊर्जा मन्त्री कुलमान घिसिङको निर्देशनमा रुपन्देहीका १० उद्योगको विद्युत् लाइन काटियो, उत्पादन ठप्प
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
८४ वर्षको उमेरमा जनवादी गायक रमेश अर्यालको निधन, लक्ष्मणघाटमा अन्त्येष्टि
-
जङ्गली जनावरको आक्रमणबाट १ जनाको मृत्यु












प्रतिक्रिया